ओबामा र आबे पर्ल हार्बरमा

ENGLISH

WORLD

ओबामा र आबे पर्ल हार्बरमा

28 December, 2016 | arjun baral | 705 Views | comments

japan-pmसन् १९४१ डिसेम्बर ७ मा पर्ल हार्बरमा जापानद्वारा गरिएको आक्रमणमा दुई हजार ३०० अमेरिकी नौसेनाको मृत्यु भएपछि अमेरिका द्वितीय विश्वयुद्धमा उत्रिएको थियो ।  जापानी प्रधानमन्त्री पर्ल हार्बरमा पुग्दा अमेरिकी राष्ट्रपतिले उहाँलाई साथ दिनुभएको थियो ।

युद्धपछि बिग्रिएको सम्बन्धलाई पूर्व शत्रुको भ्रमणपछि सुधार आउने र यसअघिका दुई देशलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउने जापानी सरकारले बताएको छ ।

जापानको उच्च नेताका रुपमा आक्रमणको नौ वर्षपछि जापानका पूर्व प्रधानमन्त्री शिगेरु योसिदाले सन् १९५१ मा पर्ल हार्बरको छोटो भ्रमण गर्नुभएको थियो ।

उक्त स्थानमा दुवै देशका राष्ट्रप्रमुखले एकै पटक भ्रमण गरी उक्त घटनामा ज्यान गुमाउने अमेरिकीप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने अवसर भने जुरेको थिएन ।

जापानी प्रधानमन्त्री अमेरिकी राष्ट्रपतिसहित पर्ल हार्बरस्थित स्मारकमा पुगेर हमलामा मारिएका मानिसप्रति सम्मान व्यक्त गर्नु हुनेछ ।

आबेले पर्ल हार्बरमा जापानी आक्रमण भएको घटनामा क्षमा याचना त गर्नु हुने छैन तर भविष्यमा आणविक हतियारबाट स्वतन्त्र रहन जापानको प्रतिबद्धता भने जनाउनु हुनेछ ।

करिब छ महिना पहिले अमेरिकी राष्ट्रपतिका रुपमा राष्ट्रपति ओबामाले अमेरिकाद्वारा जापानको हिरोसिमा र नागासाकी सहरमा आक्रमण गरी करिब दुई लाख मानिसको मृत्यु हुने गरी गरेको आक्रमणस्थलको पनि भ्रमण गर्नुभएको थियो । ओबामाले पनि हिरोसिमा भ्रमणका क्रममा आक्रमणप्रति क्षमा याचना भने गर्नुभएको थिएन ।

आबेको अमेरिका भ्रमणबारे अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्रीबीच गत महिना पेरुमा आर्थिक सम्मेलनको सेरोफेरोमा हस्ताक्षर भएको थियो ।

यसैबीच चीनले आबेको पर्ल हार्बर भ्रमणलाई लिएर हमलाको दोषबाट मुक्त हुन गरिएको एउटा निष्ठाहीन प्रयास भएको भनी प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले “आफ्नो नियमित सञ्चारकर्मीसँगको भेटमा भन्नुभयो, भ्रमण जापानले दोस्रो विश्वयुद्धका बेला गरेको अपराधको ऋण चुकाउने प्रयास भए पनि जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराध उसले चीनलगायत दोस्रो विश्वयुद्धबाट पीडित अन्य एसियाली राष्ट्रसँग पुनःमिलन नगर्दासम्म उक्त अपराधबाट उन्मुक्ति मिल्ने छैन” भन्नुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK