‘ऐश्वर्य’ जापानमा प्रदर्शन हुने

ENGLISH

NRN GLOBAL

‘ऐश्वर्य’ जापानमा प्रदर्शन हुने

8 November, 2017 | Kunjar Bhattarai | 1435 Views | comments

नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ ।

आक्रामक शैलीमा व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र नोभेम्बर १९ तारिख आइतवारका दिन टोकियोमा प्रदर्शन हुने डेस्टिनी क्रियसन कम्पनीले बताएको छ ।चलचित्र ‘ऐश्वर्य’ टोकियोको नाकानो जेरो हलमा हुनेछ ।युट्यूवमा सर्वाधिक हेरीएको ‘तिमी रोएको पल तिमीलाई’गीत चर्चामा रहेको यो चलचित्रलाई जापानवासी नेपालीहरुले बहुप्रतिक्षित चलचित्रको रुपमा लिइरहेका छन् ।

अझ चलचित्रका चर्चित नायक रमेश उप्रेती स्वयम् जापानबासी दर्शकमाझ उपस्थिती हुने भएपछि जापानको माहोल गर्माएको छ। चलचित्र निर्माणमा प्रबिधिको उच्चतम प्रयोग र राम्रो कथाबस्तुका कारण चर्चामा रहेको चलचित्रलाई दिवाकर भट्टराईको निर्देशनले आकर्षक बनाएको छ।चलचित्रमा रमेश उप्रेती,केकी अधिकारी,दीपिका प्रसाइँ,प्रशान्त ताम्राकार,अर्जुन श्रेष्ठ,केशब भट्टराई,सुनिता ठाकुर,बिकास खतिवडा,अमित पोखरेल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ।

चलचित्रलाई टोकियो बाहेकका तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य मूख्य शहरमा पनि प्रदर्शनको तयारी गरिएको आयोजकले जनाएका छन्।

मेरो डिग्री भनेकै चलचित्र क्षेत्र हो : रमेश उप्रेती (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK