एसीसी यू-१९ एसियाकप : नेपालको ऐतिहासिक जित, भारत १९ रनले परजित

ENGLISH

SPORTS

एसीसी यू-१९ एसियाकप : नेपालको ऐतिहासिक जित, भारत १९ रनले परजित

12 November, 2017 | Sandeep Bhattarai | 695 Views | comments

एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गरेको छ ।

मलेसियाको बयुमास क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले कप्तान दिपेन्द्र सिंह ऐरीको सानदार पारीमा भारत विरुद्ध मध्यम स्कोर खडा गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ८५ रन बनाउँदै साविक विजेता भारतलाई जितका लागि १ सय ८६ रनको लक्ष्य दिएको हो ।

हुन त उमेर समूहमा नेपालले टेस्ट मान्यता प्राप्त शिर्ष राष्ट्रलाई हराएको यो पहिलो पटक होइन । नेपालले यसअघि पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका जस्ता राष्ट्रहरुलाई पराजित गरिसकेको छ । नेपालले यु-१९ मा आइसीसी प्लेट च्याम्पियाँशिप्को उपाधि पनि जितेको छ ।

मलेसियाको वायुमास ओभलमा भएको खेलमा नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन बनाएका थिए । उनले १०० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे त्यस्तै ओपनर जितेन्द्र सिंहले ३६ रन बनाउँदा नेपालका लागि थप दोहोरो रनका रुपमा भिम सार्कीको १५ रनमात्र रह्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र जितेन्द्र सिंहले तेस्रो विकेटका लागि सर्वाधिक ४९ रनको साझेदारी सम्भब बनाएका थिए । पुन: ऐरीलेनै कमल सिंह ऐरीसँग छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरीलाई मन्दीप सिंहले ४८ ओभरको दोस्रो बलमा पेविलियन पठाएपछि भारतलाई राहत महसुस भएको थियो ।

नेपाललाई मध्यम स्कोरमा समेट्ने क्रममा भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २-२ विकेट लिएका थिए । १८६ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको भारत ४८.१ ओभरमा सबै विकेट गुमाउदै १६६ रनमा समेटियो । उसका लागि हिमांशु रानाले ४६ मंजोट कर्लाले ३५ रन बनाए । त्यस्तै अभिषेक शर्माले २७ रन बनाए भने अनुज रावतले १८ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । भारतका पांच व्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए ।

नेपालका लागि ब्याटिंगमा चम्किएका कप्तान दिपेन्द्र सिंह ऐरीले चार विकेट लिए भने पवन सराफ र शाहब आलमले समान २-२ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र कमल सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो । खेलमा नेपालका कप्तान दिपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच भए ।

नेपालको ऐतिहासिक जित

यो जित संगै नेपालको सेमिफाइनल पुग्ने सम्भावामा बलियो भएको छ । नेपालले अब मंगलबार हुने खेलमा मलेसियालाई पराजित गरेर भारतले बंग्लादेशलाई भारी अन्तरले पराजित गरे नेपाल सेमि फाइनल पुग्नेछ ।

यू-१९ एसिया कप : नेपाल बंगलादेशसंग दुई विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK