एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपालले बलिङमा पनि उच्च प्रदर्शन गरेपछि समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको भारी अन्तरले पराजित गरेको छ ।
जितसंगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउदै ३५० रन बनायो । नेपालको लागि रित गौतमले अविजित रहदै १०६ रन बनाए भने त्रिथ राज दासले ६४ रन जोडे । त्यस्तै प्रतिष जिसीले अविजित रहदै ६३ रन बनाए ।
शतकीय पारी खेल्ने क्रममा गौतमले ७८ बलमा १२ चौकको साथमा १०६ रन बनाए । गौतम र दासले चौथो विकेटको लागि ९९ रनको साझेदारी गरे भने गौतम र जिसीले ६१ बलमा ११२ रनको शतकीय साझेदारी गरे । दासले २९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे भने जिसीले ३१ बलमा ११ चौका र १ छक्का प्रहार गरे । म्यान्मारको लागि हेन टेट औंगले ३ विकेट लिए ।
३५१ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको म्यानमार ११.३ ओभरमा सबै विकेट गुमाउदै १३ रनमा समेटियो । म्यानमारका कुनै पनि ब्याट्सम्यान नेपाली बलर सामू खुलेर खेल्न सकेनन । म्यान्मारका ७ ब्याट्सम्यान कुनै रन नजोडी पेबेलियन फर्किए । म्यान्मारको लागि हेन टेट औंगले ३ रन नै उच्च रह्यो । नेपालको लागि नारायण जोशी र मेख बहादुरशेन थापाले समान ४-४ विकेट लिए ।
नेपाल यसअघी भएको खेलमा गत सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले र मंगलबार हङकङलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनल पुगिसकेको थियो ।
८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान छ।
नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...
तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...