एसिसी प्रिमियर क्रिकेटको चौथो खेलमा, नेपालद्वारा कुवेत ८३ रनले पराजित

ENGLISH

SPORTS

एसिसी प्रिमियर क्रिकेटको चौथो खेलमा, नेपालद्वारा कुवेत ८३ रनले पराजित

1 September, 2015 | Sandeep Bhattarai | 530 Views | comments

एसियाली क्रिकेट परिषद् १९ वर्षमुनि (एसिसी यु–१९) उमेर समूहको प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल बिजयी भएको छ । भर्खरै सम्पन्न खेलमा नेपालले कुवेतलाई ८३रनले पराजित गर्यो ।

मलेसियामा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २५० रनको सम्मानजनक स्कोर बनाउन सफल भयो । नेपालको सुरुवात राम्रो नभए पनि मध्यक्रममा ब्याट्सम्यान सम्हालिएपछि सम्मानजनक स्कोर बनेको हो । नेपालका लागि सौरभ खनाल र दीपेन्द्रसिंह ऐरीले १३० रनको महत्वपूर्ण साझेदारी गरे ।

दीपेन्द्रले ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८५ रन बनाउँदा सौरभले ५ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे ।
त्यस्तै, प्रेम तामाङले २३, कप्तान राजु रिजाल १५, सुनिल धमलाले ११, शङ्कर रानाले ८, आशिष धामी ४ रन बनाउँदा आरिफ शेख र राजवीर सिंहले भने खातासमेत खोल्न सकेनन् ।

कुवेतको लागि मोहमद फौजीले ३ विकेट हात परे भने शाहरुखको भागमा २ विकेट रह्यो । २५१ रनको लक्ष्य लिएर मैदान उत्रेको कुवेतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै मात्र १६७ रन बनाउन सक्यो । उसका लागि मोहमद मेजन अलिले ८४ रनको योगदान दिए भने मुस्ताक अहमदले २२ रन जोडे । त्यस्तै एलन थोमस र बिलाल ताहिरले समान १३-१३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन । नेपालको लागि सुशील कंडेल र प्रेम तामांगले समान २-२ विकेट हात परे भने दिपेन्द्र ऎरि र आरिफ शेखको भागमा १-१ विकेट रह्यो।

यस अघि भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै संयुक्त अरब इमिरेट्स (युएई) लाई १४९ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेल चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो भने सोमबार भएको तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो |

प्रतियोगितामा शीर्ष तीनभित्र पर्ने टोली यु–१९ एसिया कप प्रतियोगिताको लागि छनोट हुनेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK