एसिया कप : पाकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा

ENGLISH

SPORTS

एसिया कप : पाकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा

अफगानिस्तान बाहिरियो

24 September, 2018 | Sandeep Bhattarai | 5010 Views | comments

भारत

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ भने अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ९ विकेटको भारी अन्तरले पराजित गरेको हो भने अफगानिस्तान बंगलादेशसंग ३ रनको झिनो अन्तरले पराजित हुन पुग्यो ।

युएईको दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शोएब मलिकले ९० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ७८ रन बनाए भने कप्तान सरफराज अहमदले ४४ रन जोडे ।
त्यस्तै फखार जमान ३१ रन बनाई आउट भए भने असिफ अलिले ३० रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । भारतको लागि जस्प्रित बुमराह, युजवेन्द्र चाहल र कुलदिप यादवले समान २-२ विकेट लिए ।

२३८ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ३९ ओभर ३ बलमा १ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि ओपनर रोहित शर्मा र शिखर धवनले शतकीय पारी खेले । यी दुईले पहिलो विकेटको लागि २ सय १० रनको साझेदारी गरेका थिए । धवनले १०० बलमा १६ चौका र २ छक्का प्रहार गर्दै ११४ रन बनाए भने रोहित शर्माले ११९ बलमा ४ छक्का र ७ चौका प्रहार गर्दै १११ रनमा नट आउट रहे । त्यस्तै अम्बाटी रायुडू पनि १२ रनमा नट आउट रहे । पाकिस्तान बलर भारत सम्मु निरिह रहे । खेलको म्यान अफ द म्याच शिखर धवन चुनिए ।

त्यस्तै आइतबारै भएको अर्को खेलमा बंगलादेशले अफगानिस्तानलाई ३ रनले पराजित गरेको छ । युएईको अबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो । एक समय २१ ओभरमा ८७ रन बनाउन ५ विकेट गुमाएको बंगलादेशको पारी महामुदुल्लाह र इमरुल कायेसले उकासेका थिए । यी दुईले छैटौँ विकेटका रुपमा १३७ रनको शतकीय महामुदुल्लाहले ८१ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ७४ रनमा पेभिलिएन फर्के भने कायेस ८९ बलमा ६ चौका प्रहार गर्दै ७२ रनमा नट आउट रहे ।त्यस्तै लिटन दासले ४१ रन बनाई आउट भए भने मुश्फिकर रहिम ३३ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।अफगानिस्तानका अफतब आलमले ३ विकेट लिए भने मुजीब उर रहमान र रसिद खानको समान १-१ विकेट रह्यो ।

२५० रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तान निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २४६ रन मात्र बनाउन सक्यो ।अन्तिम ओभरमा अफगानिस्तानालाई जितको लागि ६ बलमा ८ रन चाहिएको थियो । तर बंगलादेशका मुस्ताफिजुर रहमानले मात्र ४ रन दिएर एक विकेट लिएपछि अफगानिस्तान ३ रनले पराजित भएको हो । उसको लागि ओपनर महमद सहजादले ८१ बलमा ८ चौका प्रहार गर्दै ५३ रन बनाए भने हस्मतुल्लाह शाहिदीले ९९ बलमा ५ चौका प्रहार गर्दै ७१ रन जोडे । त्यस्तै कप्तान अस्गर अफ्घानीले ३९ रन बने आउट भए भने र महोमम्द नाबीले आक्रमक ब्याटिङ गर्दै २८ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।

बंगलादेशको लागि कप्तान मसरफे मोर्ताजा र मुस्ताफिजुर रहमानले समान २-२ विकेट लिए भने शकिब अल हसन र महामुदुल्लाहको भागमा समान १-१ विकेट रह्यो । खेलको म्यान अफ द म्याच महामुदुल्लाह भए ।

बंगलादेश

बुधबार हुने अन्तिम खेलले फाइनल हुने अर्को टोलीको छिनोफानो हुनेछ । समान दुई खेलमा समान १ खेलमा जित निकालेका पाकिस्तान र बंगलादेश नेट रन रेटका आधारमा क्रमश :दोस्रो र तेस्रो स्थानमा रहेका छन् । यी दुई देशबीचको खेल आगमी बुधबार हुने छ । विजेता टोलीले फाइनलमा भारतसँग उपाधिको लागि भिड्ने छ ।

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK