एसिया कप क्रिकेट : बंगलादेश फाइनलमा

ENGLISH

SPORTS

एसिया कप क्रिकेट : बंगलादेश फाइनलमा

3 March, 2016 | Sandeep Bhattarai | 475 Views | comments

टि ट्वान्टी फर्म्याटमा खेलाइएको एसिया क्रिकेट कपको आठौ म्याचमा बङ्गलादेश द्वारा पाकिस्तान ५ विकेटले पराजित भएको छ । पाकिस्तानलाई पराजित गरेसंगै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

Mashrafe Mortaza, Mahmudullah

बङ्गलादेशको मिरपुर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय २९ रन बनाएको थियो ।पाकिस्तानको लागी सर्फराज अह्म्मदले ५८ रनमा अविजित रहे भने सोहेव मलिकले ४१ रनको योगदान दिए भने ,अन्वर अलिले १३ रन जोड्न सफल भए । अरु खेलाडीको प्रदर्शन भने सम्झन लायक रहेन । बङ्गलादेशको लागि अलअमिन हुसैनले ३ विकेट लिए भने अराफत सोनीले २ विकेट लिन सफल भए त्यस्तै तस्किन अह्म्मद र मस्राफे मोर्तजाको भागमा समान १–१ विकेट रह्यो ।

बङ्गलादेशले भने १९.१ ओभरको यात्रा तय गर्दै ५ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बङ्गलादेशको लागि सौम्य सरकारले ४८ रन बनाए भने महम्मुदुल्ला २२ रनमा अविजित रहे । त्यस्तै मुस्फिकर रहिम र मस्राफे मोर्तजाले समान १२–१२ रनको योगदान दिए ।अरु खेलाडीहरुको प्रदर्शन सम्झन लायक रहेन । पाकिस्तानका लागि मोहमद अमिरले २ विकेट लिए भने मोहमद इरफान ,सहिद अफ्रिदी र सोहेव मलिकले समान १–१ विकेट हात पारे ।

CRICKET-ASIACUP-BAN-PAK

बङ्गलादेशको लागि ४८ रनको पारी खेलेका सौम्य सरकार प्लेयर अफ द म्याच भए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK