एसिया कप क्रिकेटमा भारतद्वारा श्रीलंका पाँच विकेटले पराजित

ENGLISH

SPORTS

एसिया कप क्रिकेटमा भारतद्वारा श्रीलंका पाँच विकेटले पराजित

2 March, 2016 | Sandeep Bhattarai | 495 Views | comments

एसिया कप क्रिकेटमा भारतको अपराजित यात्रा कायमै रहेको छ । टि ट्वान्टी फर्म्याटमा खेलाइएको एसिया कप खेलको सातौं म्याचमा भारतद्वारा श्रीलंका पाँच विकेटले पराजित भएको छ ।

ind

बङ्गलादेशको मिरपुर खेलमैदानमा टस जितेर हारेर पहिले ब्याटिंग गरेको श्रीलंकालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । माथिल्लो क्रमका ब्याट्सम्यान नचले पनि तल्लो क्रमका ब्याट्सम्यानले उल्लेखनिय प्रदर्शन गरेपछि श्रीलंकाले सम्हालिएको प्रदर्शन गरेको थियो । श्रीलंकाको लागि चमारा कपुगेदेराले ३० रन बनाएका थिए भने मिलिन्दा सिरीबर्दनाले २२ रन जोडेका थिए त्यस्तै एन्जेलो म्याथ्युजले १८ रनको योगदान दिए भने अरु खेलाडीहरुको प्रदर्शन उल्लेखनिय रहेन ।

भारतका लागि जस्प्रित बुम्राह ,हार्दिक पान्डे र रविचन्द्रन अश्विनले समान २–२ विकेट हात पारे भने आशिस नेहराको भागमा १ विकेट रह्यो ।१४० रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै १४२ रन बनाउन सफल भएको थियो । भारतको लागी विराट कोहलीले ५६ रन बनाउदै अविजित रहे भने युवराज सिहंले ३५ रनको योगदान दिए । त्यस्तै सुरेश रैनाले २५ रन जोड्न सफल भए भने रोहित शर्माले १६ रनको पारी खेलेका थिए ।

sl

श्रीलंकाको लागी नुवान कुलसेकाराले २ विकेट लिए भने थिसारा परेरा,रङ्गना हेराथ र दसुन सनाकाको भागमा समान १–१ विकेट रह्यो । भारतका लागि अविजित रहदै ५६ रन बनाएका विराट कोहली म्यान अफ द म्याच भए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK