एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

ENGLISH

SPORTS

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

20 September, 2018 | Sandeep Bhattarai | 2905 Views | comments

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा पाकिस्तान भारतसंग आठ विकेटको भारी अन्तरले पराजित भएको हो ।

युएईको दुबई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४३ दशमलब १ ओभरमा १ सय ६२ रनमा समेटियो ।उसका लागि बाबर अजामले ४७ रन बनाए भने सोयव मलिकले ४३ रन जोडे । त्यस्तै फहिम असरफले २१ र मोहम्मद अमिरले नटआउट १८ रन बाहेक अरु खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा भुवनेश्वर कुमार र केदार जाधवले समान ३-३ विकेट लिए भने जस्प्रित बुम्राह भागमा २ र कुलदिप यादवको नाममा १ विकेट रह्यो ।

१६३ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको भारतले २९ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । भारतको लागि रोहित शर्माले ५२ रनको अर्धशतकीय पारि खेले भने शिखर धवनले ४६ रन बनाए । त्यस्तै अम्बाती रायडु र दिनेश कार्तिक समान ३१- ३१ रनमा नटआउट रहे। पाकिस्तानको लागि फहीम असरफ र शादप खानले समान १-१ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच भुवनेश्वर कुमार भए । प्रतियोगिता अन्तर्गत बिहिबार अफगानिस्तान र बंगलादेश भिड्दै छन् ।

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

इपिएल

इपिएल : चितवन काठमाडौँसंग छ विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको पहिलो खेलमा...

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक

एनआरएनए छैटौँ एशिया प्रशान्त क्षेत्रीय बैठक १५ बुँदे निर्णय गर्दै सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दुई दिने एसिया प्रशान्त क्षेत्रीय...

स्रष्टा सम्झना तथा सम्मान साँझ

स्रष्टा सम्झना तथा सम्मान साँझ न्यू योर्कमा सम्पन्न

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा पहिलोपटक नेपालका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK