एमाले र माओवादीको एकतापछि पार्टीको नाम ‘नेकपा’ : नेता नेपाल

ENGLISH

POLITICS

एमाले र माओवादीको एकतापछि पार्टीको नाम ‘नेकपा’ : नेता नेपाल

9 February, 2018 | Kunjar Bhattarai | 885 Views | comments

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताउनुभएको छ ।

आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताउनुभयो ।

“२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल  कम्युनिष्ट पार्टी थियो । त्यसपछि उक्त पार्टी फुटेर नेकपाको पछाडि माले, मसाल, मशाल, एकता केन्द्र, एमाले हुँदै माओवादी केन्द्रलगायतका नामको पुच्छर झुण्डिएको छ”, उहाँले भन्नुभयो– “अब ती झुण्डिएका पुच्छर हटाएर एउटै नाम नेपाल कम्युनिष्ट पार्टी बन्नेछ ।”

उहाँले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताउनुभयो । उहाँले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राख्नुभयो ।

नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताउनुभयो । “कस्तो विचार लिएर पार्टी एकता गर्ने र कस्तो संरचना बनाउने भन्नेमा अहिले छलफल जारी छ” उहाँले भन्नुभयो– “पार्टी एकतापछि एमाले र माओवादीसँग भावनात्मकरुपमा कसरी जोड्ने भन्ने प्रयासमा रहेका छौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताउनुभयो । उहाँले कसलाई कुनकुन ठाउँमा राख्ने भन्नेमा पनि छलफल भइरहेको बताउनुभयो ।

दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ रहेको थियो । उहाँले वाम गठबन्धनप्रति जनताको ठूलो आशा र भरोसा भएकाले चाँडै नै एकतासँगै सरकार गठन गरेर त्यो आशा र भरोसालाई पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले क्षेत्रीय संयोजक सूर्यचन्द्र भट्टराई र क्षेत्रीय इञ्चार्ज प्रेमबहादुर साउदले वाम गठबन्धनबाट जनताले मुलुक निर्माणको लागि ठूलो आशा राखेको हुनाले त्यो पूरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यद्वय गरिमा शाह, प्रकाश शाह, एमाले जिल्ला कमिटी सदस्य दीर्घ सोडारी, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलको सहभागिता रहेको थियो ।

दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीसँग समान व्यवहार गर्नुपर्छ : नेता नेपाल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK