एमाले पनि संशोधनको पक्षमा आउँछ : निधि

ENGLISH

POLITICS

एमाले पनि संशोधनको पक्षमा आउँछ : निधि

27 February, 2017 | Krishna Adhikari | 745 Views | comments

bimalendra-nidhi

उपप्रधान मन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन र तीन तहकै निर्वाचन गराई संविधान कार्यान्वयन गराउने पहिलो कार्यभार पूरा गर्न सरकार अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घको २ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लहानमा उद्घाटन गर्दै उहाँले सरकारले संविधान संसोधन र तीन तहकै निर्वाचनको काम अघि बढाइसकेकाले निर्धारित समयमै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।

“संविधान संशोधनका लागि सरकारले व्यवस्थापिका–संसद्मा संसोधन प्रस्ताव प्रस्तुत गरिसकेको छ”–गृहमन्त्री निधिले भन्नुभयो, “सरकारले नेकपा (एमाले), मधेसवादी दललगायतको सहमतिमै संविधान संशोधन प्रस्ताव पारित गराउने प्रयास गरिरहेको छ, विश्वास छ एमाले पनि संशोधनको पक्षमा आउँछ ।” उहाँले एमालेले मधेस र पहाडका जनताबीच दूरी बढाउने काम गरिरहेको आरोपसमेत लगाउनुभयो ।

प्रादेशिक सीमाङ्कन, नागरिकता, भाषा र समानुपातिक, समावेशीलगायत चार विषयमा सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएकाले एमालेले भनेजस्तो संबिधान संशोधन राष्ट्रियता विरोधी नभएको जिकिर गर्दै गृहमन्त्री निधिले संशोधनपश्चात मधेसवादी दल पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा काँग्रेस नेत्री चित्रलेखा यादवले संविधान संशोधन भएमात्र मधेसका जिल्लामा निर्वाचनको वातावरण बन्ने भएकाले यसमा हेलचेक्राइँ गर्न नहुने बताउनुभयो ।

नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमलाई नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री पद्मनारायण चौधरी, सांसद महेन्द्र यादव, रामचन्द्र यादव, नेपाल महिला सङ्घकी पूर्वअध्यक्ष डिला सङ्ग्रौलालगायतले सम्बोधन गर्नुभएको थियो ।तीनदिने सो प्रशिक्षणमा २ नं प्रदेशका आठ जिल्लाका महिला सङ्घका पदाधिकारी तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK