‘एमालेले द्वैध चरित्र देखायो, निर्वाचनका लागि तयार भएन’

ENGLISH

POLITICS

‘एमालेले द्वैध चरित्र देखायो, निर्वाचनका लागि तयार भएन’

27 January, 2017 | Bhawana Pathak | 830 Views | comments

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।बिहीबार काँग्रेस बैतडीले मेलौलीमा आयोजना गरेको आमसभामा प्रमुख अतिथि नेता बडूले स्थानीय तहको निर्वाचन भए मात्रै देशमा देखिएको सङ्क्रमणकालीन राजनीति अन्त्य हुने दाबी गर्नुभयो ।

yemale

नेपाली काँग्रेस जहिले पनि निर्वाचनको पक्षमा रहेको र आवधिक निर्वाचनका लागि कार्यकर्तालाई उहाँले निर्देशनसमेत दिनुभयो । एक अर्को प्रसङ्गमा नेता बडूले प्रमुख प्रतिपक्ष एमालेले निर्वाचन नचाहेको आरोप लगाउनुभयो ।

एमालेले द्वैध चरित्र देखाएको र निर्वाचनका लागि तयार नभएको समेत उहाँले आरोप लगाउनुभयो । निर्वाचनलाई अघि बढाउन संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुनुपर्नेमा नेता बडूले जोड दिनुभयो ।

देश अहिले खतरामा रहेकाले देश बचाउने जिम्मेवारी सबैको रहेको नेता बडूले बताउनुभयो । अहिले सम्मका सबै परिवर्तन काँग्रेसको नेतृत्वमा भएको भन्दै उहाँले संविधान कार्यान्वयन पनि नेपाली काँग्रेसकै नेतृत्वमा हुने बताउनुभयो ।नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा आमसभा सम्पन्न भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK