एमालेले गर्न नसकेको काम

ENGLISH

एमालेले गर्न नसकेको काम

12 December, 2014 | Dhurba Pokharel | 1315 Views | comments

राजनीतिक धारका हिसावले पार्टीहरुको चिनारी खोज्ने परिपाटी अहिले समाजमा छ । अव पार्टीहरुका दस्तावेज, घोषणापत्र र तिनीहरुका उद्घोषले दिने परिभाषाका आधारमा मात्र आम जनताले पार्टीहरुलाई चिन्ने र त्यस अनुरुप ब्यवहार गर्ने पद्दति भने फेरिएको छ । परम्परामै राजनीतिको परिभाषा खोजिरहेको तप्का अहिले पनि भन्छ एमाले डेमोक्र्याटिक पार्टी हो कि कम्युनिस्ट ? यो दुईवटा मध्ये एउटैलाई मात्रै रोज्ने र त्यसमाथि टिप्पणी गरी राजनीतिक गफवाट मजा लिने समाज अव छैन । किनभने अवको समाजमा कम्तिमा पनि हरेक पार्टी र समाज बदल्ने समुह डेमोक्र्याटिक हुन अनिवार्य छ र समाजलाई पछौटे अवस्थावाट आर्थिक र समाजिक हिसावले सवल बनाउने योजना पनि हुनु अनिवार्य छ । यस परिभाषाको कसीमा एमाले के हो र यसले गर्न नसकेका काम के हुन् विवेचना गर्नु उपयुक्त हुन्छ ।

301509_168293999925431_418620296_n

परम्परादेखि डेमोक्र्याटिक भनिंदै आएको पार्टीको तुलनामा एमाले ब्यवहारवाटै डेमोक्र्याटिक पार्टी हो, घोषणाले होइन यसको आन्तरिक कार्यपद्दति र अभ्यासले सावित गरेको छ । यसले समाजिक न्याय र जनताका सामान्य आकांक्षालाई कुनै पार्टीको तुलनामा बढी नै सम्बोधन गरेको छ । तर, समाजको गतिशीलता तत्कालका समस्या सम्बोधनले मात्रै प्रतिबिम्बित गर्दैन र आम जनताको सन्तुष्टि पनि त्यतिले सम्भव छैन । त्यसका लागि जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु पर्ने हुन्छ । यसमा एमाले चुकेको छ । जनताका तात्कालीन आवश्यकता सानातिना बाटाघाटोे, खानेपानी, पुलपुलेसा, बृद्धभत्ता यस्ता विषय सम्बोधन गरेर एमालेले अरु भन्दा छुट्टै परिचय त दियो । त्यो बदलावमा एमालेका कार्यकर्ताहरु समाजमा भिजेका पनि छन् । तर लामो कालसम्म निरन्तर विकास र परिवर्तनको पद्दति यसले विकास गर्न सकेको छैन । यसअर्थमा एमाले पहिलेको परिभाषाको भयंङ्कर कम्युनिस्ट होइन । र त्यस्तो आज सम्भव पनि छैन । एमाले आजको परिभाषाको सोसलिष्ट हो र कम्युनिस्ट पनि हो । अहिलेको कम्युनिस्ट सिद्धान्त जनताको बहुदलीय जनवाद हो । कम्युनिस्ट पार्टीलाई र राज्यका सबै अंगलाई लोकतान्त्रिकरण गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद हो । तिब्र गतिमा नभए पनि जवजले हाम्रो चरित्रलाई पनि लोकतान्त्रीक समाज अनुकुल बनाईदिएको छ । माओवादीले विभिन्न नामको जनवाद भन्यो, अनेक पदावलीहरु त्यसले अघि सा¥यो तर, त्यो समाजको परिवर्तनको चाहनास“ग मेल खाने खालको थिएन छैन । ऊ कुन बाटोमा हिंड्ने वा कहा“ पुगेर आफुलाई बदल्ने भन्ने समस्यामा छ । सैद्धान्तिक हिसावले कम्तिमा एमालेमा त्यो समस्या छैन । अर्काेतिर कांग्रेसले आफुलाई समाजवादी लेख्यो, भन्यो तर ऊ त्यस अनुरुप बदलिन सकेन । तर, एमाले डेमोक्रेटाइजेशनको प्रक्रियामा साच्चिकै डेमोक्र्याटिक र कम्युनिस्ट सिद्धान्तको परिभाषामा सोसलिष्ट पार्टी हो ।

समाजको आर्थिक, समाजिक परिवर्तनका ठूला कुराको अगुवाई गर्न नसके पनि समाजमा ससाना परिवर्तनको अगुवाई गर्न सक्ने एमालेजत्तिको पार्टी अरु नभएकाले यो अरु भन्दा राम्रो भएको हो । जनतास“ग भिज्ने कार्यकर्ता छन्, साना भए पनि परिवर्तनका योजना छन् । आजसम्मको एमालेको टिकाईको राज यही हो । तर, राजनीतिमा दीर्घकालीन वाटो तय गर्न सकिए र तदनुसार अगाडि बड्न सके मात्रै त्यसले समाजको परिवर्तन र विकासको अगुवाई गर्ने अवसर पाइन्छ । हिजोसम्म निरंकुशता विरुद्धको आन्दोलनमा त्याग गरेर पार्टी बन्यो तर, त्यसको महिमागानले यसलाई विकसित गर्न सकिंदैन । अव जनतालाई सर्भिस दिएर पार्टी चल्छ , डेलिभरी दिएर पार्टी चल्छ । दस्तावेजमा यो एमालेले नै बढी बुझेको छ र महाधिवेशनमा यस विषयमा ठूलै बहस छलफल भयो । ३७ वर्षे परिर्वनका कार्ययोजना पनि पनि ल्यायो । तर, यसको सफलताको राज ब्यवहारमा मात्र छ, फेरि पनि आर्थिक समाजिक परिवर्तनका लागि तदनुरुपको अभ्यास नगर्ने हो भने र कार्यपद्दति नबनाउने हो भने हाम्रो कार्ययोजना नारा मात्रै हुनेछ । आजसम्मको राजनीतिमा समाजिक आर्थिक सुधारको जस एमालेलाई छ । तर, दस्तावेज बाहेक हामीले समृद्धिको अगुवाई गर्न सकेका छैनौं । आजका मितिमा हेर्दा धेरै नेताहरुको मनमा त्यो समृद्धिको सपना देखिएको पनि छैन । पगतिशील सुधारको काम अहिले गर्ने भनेको छ । गफका भरमा होलसेलमा कुरा चलिरहेको छ । आजको राजनैतिक र समाजिक जीवनका गतिविधिहरुलाई मात्रै बुझ्नो हो भने एमाले र कांग्रेसमा धेरै भिन्नता देखिंदैन । एटिच्युडमा कांग्रेसले बढि र एमालेले कम बर्बादी गर्ला उपलब्धी त्यत्ति मात्रै हुनेछ । यस्तो अवस्थामा जनतालाई कम हानी गर्ने गर्ने पार्टी त एमाले होला । अन्य पार्टीको तुलनामा एमाले कम हानीकारक छ भनेर मात्रै एमालेलाई जनताले चुन्ने दिन अव आउन दिनु हु“दैन । अहिलेसम्म एमालेको पक्षमा सबैभन्दा ठूलो जनमत छ, त्यसको कारण एमाले राष्ट्र र जनताको पक्षमा हानीकारक नहुनु र सुधारको अगुवा हुनु नै हो । तर, अव यत्तिले पुग्दैन । अव सामाजिक आर्थिक परिवर्तनको कार्यपद्दति र अभ्यासको थालनी गर्नु पर्छ । तर के अहिले एमाले त्यसका लागि आन्तरिक अभ्यास गरिरहेको छ ? यसको सिधा जवाफ एमाले त्यसो गरिरहेको छैन । यस भित्रको अन्तरसंघर्षमा यो कुराको बाल मतलव छैन । अन्तरसंघर्षमा कुन पोजिसनमा को जाने, शक्तिमा कसले होल्ड गर्ने भन्ने छ । अन्तरमनमा शक्तिको अभ्यासमा आफुलाई कसरी सफल बनाउने भन्ने हुन्छ तर आवरणमा सैद्धान्तिक लेपन लगाउने गरिन्छ । कसरी पार्टीको पंक्तिलाई उत्पादन सँग जोड्ने आर्थिक विकास र परिवर्तनको साधक संस्कृति र शक्तिको रुपमा विकास गर्ने ? त्यसलाई केन्द्रमा राखेर सैद्धान्तिक बहस विवाद भएको छैन । तर, दुर्भाग्य अराजनीतिक बहस र अराजनीतिक लेनदेनमा बहस केन्द्रित हुन्छन् । समीकरण पनि सिद्धान्तका आधारमा होइन बेलाबेलाका स्वार्थका आधारमा बन्ने र भत्किने गर्छन् ।

आज आम नगरिक र क्याडरलाई उत्पादन र विकासको ओरेन्टेशनवाट हुर्काउनु पर्ने हो । उत्पादको काममा लाग्ने जीवनपद्दति र जीवनशैली विकास गर्नु पर्ने हो । परिवेश नै त्यस्तो बनाउनु पर्ने हो । किनकि श्रममा भाग नलिने परजीवीहरुको जमात बनाएर अवको समाजमा हामी परिवर्तनको नेतृत्व गर्न सक्दैनौं । अहिले तत्कालको चल्ते चलाते कुनै राजनीति होइन । आजको मितिमा पनि पार्टीस“ग योजना र कार्यक्रम छन् । कार्यक्रम तयार भएपछि प्रथमतः गर्नु पर्ने काम त्यस अनुरुपको अभ्यास हो । नत्र जतिसुकै राम्रा योजना बनुन् ति कार्यान्वयनमा गएनन् भने परिणाम दिंदैन ,अभ्यास चाहिन्छ । पार्टीको जनसंगठनका चरित्र त्यस ढंगले विकास हुन सकेका छैनन् । हिजो कुनै वेला निरंकुशता विरुद्ध लड्न खडा गरिएका र कुनै वेला माओवादी उग्रवामपन्थस“ग लड्न खडा गरिएका अभ्यासहरु अव काम छैनन् । त्यसले निरंकुशतालाई त पराजित ग¥यो, उग्रवामपन्थलाई पराजित त ग¥यो । अव अभ्यास बदलिएन भने त्यसले आफैंलाई पराजित गर्छ, जसरी जबरजस्ती चन्दा लगायत आफुले हुर्काएको गलत संस्कृतिले माओवादीलाई पराजित ग¥यो । माओवादी भन्दा फरक एमाले यसअर्थमा छ, उत्तेजना र असन्तुष्टिलाई संगठित गरेर मात्रै यो पार्टी यहा“ आएको होइन । यसले सीमित नै नभए पनि परिवर्तनको एउटा योग्यता देखाइसकेको छ । त्यसैले यो माओवादी आन्दोलनजस्तो विघटन हु“दैन । विघटन नभएर मात्रै पुग्दैन हामीलाई चाहिएको छ जनताको समृद्धि र परिवर्तन । त्यसैका लागि नयाँ लोकतान्त्रिक र समाजवादी संस्कृति निर्माण अनिवार्य छ । संस्कार र संस्कृति निर्माण गर्न नसक्दा बुर्जुवाहरुस“ग प्रतिद्वन्द्विता गर्ने अल्टरनेटिभ पार्टीका रुपमा मात्रै एमाले उभिएको छ ।

यतिवेला तत्कालीन राजनीतिमा एमालेले आफ्नो भूमिकालाई भने बेग्लै रुपमा प्रदर्शन गर्न सकेको छ । एमालेलाई ढुलमुले भनिन्थ्यो नवौं महाधिवेशनमा नेतृत्व परिवर्तनसँगै यो खण्डित भएको छ । समसामयिक र राष्ट्रिय राजनीतिमा आफ्ना ठीक अडानहरुमा अडिएको छ । आरोप जेसुकै लागुन्, दीर्घकालीन रुपमा मुलुकलाई प्रभाव पार्ने विषयमा एमालेका अडान ठीक छन् । अव एमालेले लिएको राजनीतिक विचार समाजको जरा जरासम्म पु¥याएर आर्थिक समाजिक परिवर्तनको काममा लाग्नु प¥यो । सिंहदरवार र यस वरपरको परिवर्तन मात्रै होइन राज्यका संरचनाहरुलाई लोकतान्त्रिक र प्रगतिशील बनाउने हाम्रो जिम्मेवारी छ । तर, हामी त्यसवाट टाढा गइसकेका छौं । राज्यका विभिन्न अंगमा जिम्मेवार दिंदा होस या राजनैतिक नियुक्ती दिंदा होस् या कर्मचारी तन्त्रलाई सञ्चालन गर्दा होस अर्थात पाटीको तर्फबाट राजकीय निकायमा जिम्मेवारी दिंदा नै किन नहोस् आ–आफ्ना मान्छे रोजेर राख्ने पद्दति तोड्नु पर्छ र त्यसलाई लोकतान्त्रिक बनाइनु पर्छ । गलत मान्छेको छनौट गर्ने र राम्रो परिणामको आशा गर्न निरर्थक हुन्छ । नेताहरुले के बोल्छन् भन्दा पनि कस्तो काम र व्यवहार गर्छन पाटीको परिचय त्यसैसँग जोडिन्छ । तर ढुलमुले नहुने नाममा जड हुने गल्ती हुनु हुँदैन जवजले जुनसुकै निकाय र अङ्गमा सबैभन्दा योग्यतमहरुलाई राख्ने र त्यसको लाभ सिंगो समाजलाई दिने परिकल्पना गरेको छ । जसवाट एमालेले चाहेको परिवर्तन देख्न सकिन्छ । माथिल्लो राजनीतिका कुरा गरेर अव हु“दैन, हरेक काममा जनताको सेवा फाइदा हेरिने संस्कृति एमालेवाट खोजिनु पर्छ । हामी मध्यम वर्ग र माथिल्लो वर्गको फाइदामा मात्रै केन्द्रित छौं, जसले आधारभूत वर्गले उपेक्षित महसुस गरिरहेको छ । यसको कारण छः पार्टीको नेतृत्व आधारभूत वर्गको होइन । नेतृत्वमा आइपुग्दा मध्यम वर्ग हु“दै माथि पुग्छ र ऊ ठालु भइसक्छ । एमालेको मात्रै होइन यो आम पार्टीको समस्या हो । तर, यसलाई सुधार्ने काम एमालेले गर्नु पर्छ । यति भएपछि एमाले एक नम्बरको लोकतान्त्रिक र एक नम्बरको कम्युनिस्ट पार्टी हुनेछ । लोकतान्त्रिक र कम्युनिस्ट दुवै हुने हक एमालेलाई मात्रै छ ।

विकास समिति सभापति रबिन्द्र अधिकारीको यो लेख नयाँ पत्रिका  दैनिकमा प्रकाशित छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK