एमालेको १२, काँग्रेस र माओवादी केन्द्र चार चार स्थानमा विजयी

ENGLISH

POLITICS

एमालेको १२, काँग्रेस र माओवादी केन्द्र चार चार स्थानमा विजयी

16 May, 2017 | Bhawana Pathak | 635 Views | comments

स्थानीय तहको निर्वाचको मतगणना कार्य सुरु भएपछि हालसम्म २० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणामअनुसार एमालेले २० वटा वडा, नेपाली काँग्रेसले चार वटा वडा र नेकपा (माओवादी केन्द्र)ले चार वटा वडामा विजय हासिल गरेको छ ।

धुनीबेसी नगरपालिका–१ मा चन्द्र लामा, २ मा बलराम कुँवर, थाक्रे गाउँपालिका–२ मा राजकुमार पौडेल, ४ मा गणेशमान वाइबा, गल्छी गाउँपालिका–१ मा पूर्णप्रसाद खतिवडा, गजुरी गाउँपालिका–१ मा राजकुमार पण्डित, २ मा चूडामणि कँडेल, बेनीघाट रोराङ–२ मा टङ्ककुमार थापा, सिद्धलेक गाउँपालिका–१ मा चन्द्रबहादुर सिलवाल, २ मा कम गुरुङ, ज्वालामुखी गाउँपालिका–१ मा रामप्रसाद सिलवाल, रुबीभ्याली गाउँपालिका–१ मा मेन घले एमालेका तर्फबाट विजयी भएका हुन् ।

यसैगरी नेपाली काँग्रेसको तर्फबाट खनियाबास गाउँपालिका–१ मा बुद्धि तामाङ, २ मा छेकबहादुर तामाङ, थाक्रे गाउँपालिका–१ मा इन्द्रबहादुर थापा धुनीबेसी नगरपालिका–३ मा प्रकाश हमाल वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट थाक्रे गाउँपालिका–३ मा अमित घले, बेनीघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ, नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली र २ मा शिव थापा निर्वाचित हुनुभएको छ । एघारवटा गाउँपालिका र दुई नगरपालिकामा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुई नगरपालिकामध्ये नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अगाडि हुनुहुन्छ भने धुनीबेसीमा एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ ।मतपरिणम अनुसार सात गाउँपालिकाको प्रमुखमा एमाले अगाडि रहेको छ । माओवादी केन्द्र र नेपाली काँग्रेस दुई÷दुई स्थानमा अगाडि छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK