एमालेको संकल्पः खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

ENGLISH

POLITICS

एमालेको संकल्पः खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

12 September, 2017 | Bhawana Pathak | 2845 Views | comments

नेकपा (एमाले)को तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले १०१ बुँदे संकल्प पत्र आज सार्वजनिक गर्नुभएको छ ।

राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त संकल्पपत्र सार्वजनिक गर्नुभएको हो । यादवले सार्वजनिक गर्नुभएको संकल्प पत्रमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्त अपांगलाई घरदैलो मै स्वास्थ्य सेवा पु¥याउनेदेखि शौचालय नभएका सबै घरमा शौचालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने, नगरभित्रको फोहर रातिको समयमा नै उठाउने र त्यसको उचित व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्ने र संकलित फोहोरको वर्गीकरण (कुहिने र नकुहिने) गरी पुनःउपयोग र जैविक मल उत्पादन गर्ने संकल्प पत्रमा समावेश गरिएको छ ।

प्रत्येक वडामा स्वच्छ पानी, प्रत्येक वडामा पाँच शय्याको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य सेवा केन्द्रको स्थापना, प्रत्येक नागरिकको स्वास्थ्य बीमा, अस्पताल, औद्योगिक क्षेत्र, सडकहरुको स्तरोन्नति, कृषकलाई लक्षित गरी चिस्यान केन्द्र र बीउ बैंकको स्थापना, कृषि सडकहरुको निर्माण र विस्तार, कृषि ऋणको व्यवस्था, कृषकलाई मलखादमा ५० प्रतिशत र गृहिणीहरुलाई खाना पकाउने ग्यासमा प्रतिसिलिण्डरमा ५० प्रतिशत अनुदान दिइने उहाँले बताउनुभयो ।

खाद्यान्न गोदामको स्थापना, नगर क्षेत्रमा वार्षिक एक लाख वृक्षरोपण, सबै वडामा वातावरण क्लबको गठन, वैदेशिक रोजगार सूचना केन्द्रको स्थापना, सुविधासम्पन्न बसपार्कको निर्माण तथा पाँच वर्षभित्र नगरका सबै वडालाई चक्रपथसँग जोड्ने पनि यादवले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK