एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित

ENGLISH

NRN GLOBAL

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित

16 January, 2017 | Krishna Adhikari | 990 Views | comments

samanet

इन्दिरा चाम्लिंग,नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रवासमा रही नेपाली पत्रकारिता क्षेत्रमा बिशिष्ट योगदान दिएकोले नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ ।

यसै हप्ता बेल्जियमको ओन्ज हाऊस लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम , र महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले पत्रकार मगरलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

युरोप शाखाका अध्यक्ष राईको सभापतित्वमा भएको सो कार्यक्रममा बेल्जियममा रहेका नेपालीका तर्फबाट एनआरएन अध्यक्ष गौतमले मगरलाई स्वागत गरेका थिए ।

यस्तै, विश्व मगर संघ बेल्जियमका तर्फबाट अध्यक्ष मार्के मगरले पत्रकार खपांगीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा खपांगी मगरले बेलायतको नेपाली पत्रकारिताका बारेमा जानकारी दिएका थिए ।

युरोप शाखाका वरिष्ठ उपाध्यक्ष ओम शर्माको संचालनमा भएको सो कार्यक्रममा एनआरएन आइसिसीका सदस्यद्वय जानकी गुरुङ र नेत्र मगर, नेपाली काँग्रेस महासमिति सदस्य सीता सापकोटा, एनआरएन बेल्जियम निबर्तमान महासचिब माधव सापकोटा, तामाङ समाज युरोपका संयोजक एबम आदिबासी जनजाति महासंघ बेल्जियमका ऊपाध्यक्ष बाबुराजा लामा तामाङ र तामांग समाज बेल्जियम अध्यक्ष राम लामा, शेर्पा किदुग बेल्जियम बरिष्ठ ऊपाध्यक्ष पीडी शेर्पा , ओष्ट्न्डे समाजका आङफुरी शेर्पा, विश्व मगर महासंघ अध्यक्ष मार्के मगर, संघीय समाज बेल्जियमका महासचिव लोक राना, मिलन मगर ,पत्रकार वीरमान घर्तीमगर र निलम घिमिरे सापकोटा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।कार्यक्रमको अन्त्यमा पत्रकारहरु र सहभागीहरुबीच अन्तर्क्रिया सम्पन्न गरिएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK