एप्पलले नयाँ ओएस सियरा ल्याउँदै

ENGLISH

TECH

एप्पलले नयाँ ओएस सियरा ल्याउँदै

आइओएस ९ भन्दा व्यापक परिवर्तन गरिएको कम्पनीको दाबी

14 July, 2016 | arjun baral | 1535 Views | comments

mac new operating system

आगामि नोभेम्बरमा एप्पलले नयाँ अपरेटिङ सिस्टम ‘सियरा’ ल्याउन लागेको छ । यो अपरेटिक सिस्टममा हाल प्रयोगकर्ताले प्रयोग गरेको आइओएस ९ भन्दा व्यापक परिवर्तन गरिएको कम्पनीको दाबी छ ।

गत महिना एप्पलका डेभलपरहरुको बार्षिक कन्फरेन्समा कम्पनीले यसको घोषणा गरेको थियो। सेप्टेम्वरदेखि प्रयोगकर्तामाझ आउने यो अपरेटिङ सिस्टम सियराका धेरै फिचरहरु मध्ये केहि फिचरहरु हालै सार्वजनिक गरेको छ। जसका माध्ययमवाट प्रयोगकर्ताहरुलाई फरक किसिमको अनुभव तथा चलाउन सहजता हुने कम्पनीले जनाएको छ।

एप्पलले सिरीको प्रभावकारिता कम भएको निष्कर्ष निकाल्दै यसमा व्यापक परिवर्तन गरेको जनाएको छ। कम्पनीले ल्यापटपमा समेत सिरीको व्यवस्था गर्न लागेको जनाएको छ। जसका कारण अब प्रयोगकर्ताले ल्यापटपवाट नै भ्वाइस ओभरमार्फत चाहेको कुरा खोज्न र भ्वाइस अर्डर गर्न सक्नेछन्। जसका कारण प्रयोगकर्ताले आवाजमार्फत दिएको निर्देशनअनुसार ल्यापटपले काम गर्न सक्छ। यसअघि यो सुविधा आइप्याड र आइफोनमा थियो। कम्पनीका अनुसार सिरीले धेरैकाम गर्न सक्दछ। जस्तै कम्युटरमा रहेको फाइल खोज्ने, ब्राउजरमार्फत सर्च गर्ने, फाइल डाउनलोड तथा सेभ गर्नेजस्ता काम प्रयोगकर्ताको निर्देशनअुनसार गर्न सक्छ ।

त्यस्तै एप्पलले फोटोजमा पनि परिवर्तन गरेको जनाएको छ। आईओएस टेनमा जस्तै सियरामा पनि फोटोजमा नयाँ सुविधा थपिएको छ । फोटोजमा भिडियोमा कन्भर्ट गर्ने, एल्बम बनाउने जस्ता काम गर्न सकिने बताइएको छ। फोटोजमा अब्जेक्ट अनुसार सर्च गर्ने सुविधा पनि हुने कम्पनीले जनाएको छ। महत्वपुर्ण परिवर्तनहरु एप्पल वाचबाट म्याक अनलक अब म्याकलाई अनलक गर्न क्मप्युटरमा पासवर्ड हालिराख्नु पर्दैन। एप्पल वाचले म्याकलाई अनलक गरिदिन्छ। कम्प्यटर नजिकै गएर एप्पल वाचमा पासवर्ड हाल्योभने उता म्याकको डिस्प्लेमा रहेको पारवर्ड अनलक हुन्छ। युनिभर्सल क्लिपबोर्ड एप्पल डिभाइसमा अब एउटै आडिवाट आइप्याड वा आइफोन र म्याक कम्प्युटर चलाउन सकिन्छ। जसका कारण दुवै डिभाइसमा फाइल सेयरिङ गर्ने सकिन्छ।

जस्तो कुनै पनि डिभाइसवाट टेक्स्ट, यूआरएल वा फोटो कपी गरेर सिधैं अर्को डिभाइसमा कपी वा पेस्ट गर्न मिल्ने सुविधा सियरा अपरेटिङ सिस्टममा हुनेछ । आईक्लाउडमा स्टोरेज सियरा अपरेटिङ सिस्टमको अर्को महत्वपुर्ण परिवर्तन भनेको अब सम्पुर्ण फाइलहरु आइक्लाउडमा सेभ हुनेछन। यसका माध्ययमवाट कम्प्युटरमा भएका फाइल र डकुमेन्टहरु अटोमेटिक रुपमा क्लाउडमा सेभ हुनेछन् जसले गर्दा डिभाइसको स्पेस सकिने सम्भावना कम हुन्छ। साथै यो ओएसले डुप्लिकेट फाइलहरु आफौ मेटिदिन्छ।

फोल्ड गर्न मिल्ने स्मार्टफोन अाउँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK