एन आर एन क्यानडाको नवौं राष्ट्रिय सम्मेलनको भव्य तयारी

ENGLISH

NRN GLOBAL

एन आर एन क्यानडाको नवौं राष्ट्रिय सम्मेलनको भव्य तयारी

30 July, 2016 | arjun baral | 1335 Views | comments

नवौं राष्ट्रिय सम्मेलनएनआरएन क्यानडाको नवौं राष्ट्रिय सम्मेलन, यही अगष्ट ६ तारिक शनिवारका दिन क्यानडाको यूरोप भनेर चिनिने फ्रेन्च भाषीहरुको वाहुल्यता रहेको क्यूवेक प्रोभिन्सको मूख्यशहर मन्ट्रियलमा हुने भएको छ ।

क्यानडामा रहेका १० वटै प्रोभिन्स र तीन वटै टेरिटोरीहरुमा रहेकानेपालीहरु र नेपाली संघ संस्थाहरुका प्रति निधिहरुको भव्य उपस्थिति हुने कुरा आयोजक कमिटिका संयोजक तथा एन आर एन क्यानडाका उपाध्यक्ष दिपक श्रेष्ठले जानकारी गराउनु भयो ।

क्यानडा सरकारका प्रतिनिधिहरु क्यूवेक राज्यका प्रिमियर, मन्ट्रियल नगरका प्रमुख ,सांसदहरु तथा क्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोख्रेल ,काउन्सिलर कुन्जर शर्मा , एन आर एन अमेरिकाका अध्यक्ष, एन आर एन क्षेत्रिय उपसंयोजक , तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ । यस सम्मेलनले संस्थाको विधान माथि छलफल गरी बिभिन्न सुधार तथा परिमार्जनहरु गर्नेछ । यस कार्यसमितिको सांगठानिक प्रतिवेदन अध्यक्ष तुलसी साप्कोटाले र आर्थिक बार्षिक प्रतिबेदन कोषाध्यक्ष सुर्य भट्टरार्इले प्रस्तुत गर्नु हुने छ ।

यो पनि हेर्नुहोस्:-एनआरएनए क्यानडा नेपाली भाषा साहित्यको बिस्तारमा

कार्यक्रममा बर्षदिनमा एनआरएन क्यानडाले गरेका प्रगति तथा योजनाहरुको समिक्षा गरिनुका साथै आगामी योजनाहरुको बारेमा छलफल गरिने छ । दिनभरको गहन र व्यस्त कार्यतालिकालार्इ स्मरण युक्त बनाउन डिनर पश्चात सांस्कृतिक कार्यक्रमको आयो जना गरिएको छ । अटवा ,टोरन्टो ,ब्राम्टन ,तथा मिसासागाबाट आएका कलाकारहरुका साथमा मन्ट्रियलका स्थानिय कलाकारहरुले नृत्य गीत प्रहशन तथा नाटकहरु मन्चन गर्ने छन् ।

एनआरएन क्यानडाको नवौं राष्ट्रिय सम्मेलनलार्इ भव्य रुपमा सफल बनाउनका लागि दिपक श्रेष्ठको संयोजकत्वमा बनेको उक्त आयोजक कमिटीमा उपाध्यक्ष सुरेन उप्रेती ,महासचिव सुमन लम्साल ,कोषाध्यक्ष सुर्य भट्टरार्इ ,प्रवक्ता किस्मत भन्डारी, सदस्य सन्त राजभन्डारी, माधव गजुरेल स्थानिय एएनक्यूका अध्यक्ष यूवराज भण्डारी त्यस्तै एएनक्यूका सम्पूर्ण सल्लाहकारहरु र कार्यसमितिका पदाधिकारीहरु रहनु भएको कमिटिले समारोहको तयारी लगभग पूरा भइसकेको जनाएको छ ।

क्यानडा भरी आफ्नो व्यापार व्यवशाय गर्ने नेपालीहरुलार्इ यस वृहत सम्मेलनमा स्पन्सर गरी आफ्नो व्यापार बृद्धि गर्न समेत आयोजक कमिटी अनुरोध गर्द छ । उक्त सम्मेलनमा उपस्थिहुने पाहुनाहरुको बस्ने व्यवस्था समेत स्थानिय संस्थाका प्रतिनिधिहरुले गरेकोकुरा श्री श्रेष्ठले जानकारी गराउनु भयो । कार्यक्रम 790 Rue Jarry West Montreal, QC H3N 1G6 मा हुनेछ ।

यो पनि हेर्नुहोस्:-एनआरएनए क्यानडा द्वारा भारतीय नाकाबन्दीको विरोधमा प्रदर्शन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK