एन्फाले थ्रीस्टारलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

ENGLISH

SPORTS

एन्फाले थ्रीस्टारलाई एक करोड ५० लाख क्षतिपूर्ति दिने

15 September, 2017 | Sandeep Bhattarai | 675 Views | comments

थ्रीस्टार क्लब (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो । थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन । उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले रु छ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो ।

उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । बैठकले ए डिभिजन क्लबका १२ टोली र २०७२ सालमा राष्ट्रिय लिग खेलेका मोफसलका चार क्लबलाई समेटेर १६ टोलीलाई ए डिभिजन लिग खेलाउने निर्णय गरेको छ ।

आजैको बैठकले साफ १५ वर्षमुनिको (यु–१५) च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका प्रत्येक खेलाडी, प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनही रु २५ हजार पुरस्कारस्वरुप दिने निर्णय गरेको छ । घरेलु मैदानमा नै भएको उक्त प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै दोस्रो बनेको थियो ।

एएफसी कपको प्ले अफ खेल्न बन्चित भएको थ्रीस्टार क्लबले माग्यो एन्फासंग छ करोड

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK