एन्फाद्वारा एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द

ENGLISH

SPORTS

एन्फाद्वारा एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द

14 September, 2018 | Sandeep Bhattarai | 2085 Views | comments

एन्फाअखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एपी–१ टेलिभिजनसँगको फुटबल प्रायोजन सम्झौता रद्द गरेको छ । नेपाली फुटबलको विज्ञापन र प्रसारण अधिकार एपी–१ टेलिभिजनलाई दिने अघिल्लो कार्यसमितिले गरेको निर्णय समय सान्दर्भिक नभएको निष्कर्ष निकाल्दै एन्फाले सो टिभीसँगको फुटबल प्रायोजनसम्बन्धी सम्झौता तोडेको हो ।

“टेलिभिजनसँगको छलफलमै प्रायोजनसम्बन्धी सम्झौता रद्द भएको छ, हामीले लिग फुटबलका लागि नयाँ सम्झौता गरेका छौँ” एन्फा प्रवक्ता किरण राईले भन्नुभयो । गत वर्ष जेठमा एन्फा र एपी–१ बीच तीन वर्षका लागि रु पाँच करोडको प्रायोजन सम्झौता भएको थियो जसमा एन्फाले गर्ने सबै प्रतियोगिताको सो टिभीले प्रत्यक्ष प्रसारण गर्दै आएको थियो । सहमतिअनुसार एपी–१ ले फुटबल प्रतियोगिताको प्रसारणसँगै बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको थियो । सो बापत उक्त टिभीले एन्फालाई वार्षिक रु एक करोड ७५ लाख प्रदान गर्ने सहमति थियो ।

यसैबीच एन्फाले आगामी असोज १४ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजन रामशर मिडिया प्रालिसँग नयाँ सम्झौता गरेको छ । “शहीद स्मारक ‘ए’ डिभिजन लिगको प्रायोजकको रुपमा रामशर मिडिया प्रालिले एन्फालाई पहिलो वर्ष एक, दोस्रो वर्ष एक करोड ५० लाख र तेस्रो वर्ष दुई करोड रुपैया दिने प्रवक्ता राईले जानकारी दिनुभयो । सम्झौताअनुसार रामशर मिडियाले शहीद स्मारक ‘ए’ डिभिजन लिगको बजार प्रवद्र्वन र प्रायोजनको अधिकार पाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK