एन्फाको अध्यक्ष पदमा नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मा लड्ने

ENGLISH

SPORTS

एन्फाको अध्यक्ष पदमा नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मा लड्ने

19 September, 2016 | Sandeep Bhattarai | 1360 Views | comments

नेपाल प्रहरीका एआईजी विज्ञान राज शर्मारवि रोषी,दोहा ।नेपाल प्रहरीका एआईजी विज्ञान राज शर्मा नेपाल फुटवल संघ (एन्फा) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफू नेपाल प्रहरीको एआईजी भएपनि पुर्व खेलाडी भएकोले संघ र संघका पदाधिकारीमा विद्यमान विकृति विसंगतिका बारेमा प्रत्यक्ष तथा परोक्ष रुपमा सुक्ष्म अध्ययन गरेको हुनाले त्यसको समूल अन्त्य गरी विशुद्ध नेपाल फुटबल संघ बनाउने प्रतिज्ञाको साथ आफूले उम्मेदवारी दिएको बताए ।

लामो समयदेखि एन्फा विवादित र बदनाम हुँदै आएको हुनाले त्यसको शुद्धिकरणको लागि पनि आफूले सो जिम्मेवारी बहन गर्न चाहेको बताए । नेपाल प्रहरीको सेवामा आवद्ध रहेपनि खेलकुदको सुरक्षा व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको हुनाले एन्फाका बारेमा अति नै सुक्ष्म कोणबाट अध्ययन गरी उम्मेदवारी दिने निर्णय गरेको हुँ , उनले बताए ।

संघको अनुशाशन स्तरोन्नतिका लागि सामूहिक सरसल्लाह र सम्वादको निचोडलाई समेट्दै आर्थिक पारदर्शिता चुस्त राख्नु अबको पहिलो आवश्यकता रहेको बताउँदै खेलाडीहरुलाई मात्र नभै खेलप्रेमी युवाहरुलाई मनोबैज्ञानिक रुपमा चुस्त राख्न आफ्नो अर्को अभियान रहने बताए ।

आफू अध्यक्ष पदमा चयन भएको खण्डमा फुटबल खेललाई राजधानी केन्द्रित मात्र नगराई विभिन्न जिल्लाका फुटबल मैदानहरुलाई तारबार गरी संवर्धन गर्ने योजना रहेको पनि उनले खुलासा गरे । जिल्लाका विभिन्न गाउँका मैदान जहाँ फुटबल खेलिन्छ, तर खेलको स्तरोन्नतीको लागि आज सम्म कसैले ध्यान दिएको छैन, त्यहाँ आफूले उच्च महत्वका साथ खेलका लागि संरक्षित क्षेत्र तयार गर्न सकियो भने र युवाहरुलाई खेलप्रति आकर्षण गर्न सकियो भने कुलतमा फस्ने उमेरका किशोर किशोरी र युवायुवतीहरुको रहनसहनमा पनि ठूलो मनोबैज्ञानिक परिवर्तन आउने बताए ।

काठमाडौँको मुटुमा अवस्थित दशरथ रंगशाला रेखदेखको कमीले जंगल,झाडीको रुपमा परिणत हुनुमा राष्ट्रिय खेलकुद परिषदको अनदेखा प्रवृति हो । यो उसको प्राविधिक उत्तरदायित्व भएको हुनाले राखेपलाई पनि झक्झकाएर भोलिका दिनमा जिम्मेवारी बोध गराउनु अर्को पाटो रहेको उनले खुलाए । खेलाडीहरुलाई श्रोत साधन सम्पन्न गराईयो भने यिनै खेलाडीहरुबाट एन्फाले ठूलो प्रगतीको आशा राख्न सक्छ ।

एक बर्षे कार्यकाल भएपनि ३ बर्षे योजना लिएर आफू अगाडि बढेको बताउँदै एआईजी शर्माले फुटबल खेल जगतबाट प्रगति र किर्तीमानको आशा राख्ने भने समूल परिवर्तन आजको अपरिहार्य बनेको हुनाले एन्फालाई विवाद रहित बनाई चारित्रिक हिसावले विवादरहित विशुद्ध संस्थाको रुपमा स्थापित गर्न आवश्यक परे आफुले नेपाल प्रहरीको वहालवाला पदबाट बर्दी खोलेर भने पनि परिवर्तन र शुद्धिकरणको लागि आफू मैदानमा उत्रिन तयार भएको बताए ।

नेपालको राष्ट्रिय स्तरको खेल र एशियन फुटबल खेलमा डिफेन्स पोजिशनबाट लगायत विश्वकप क्लालिफायर खेल्दै आएको शर्माले फुटबल खेलका प्राविधिक पक्षमा पनि आफ्नो विशेष दख्खल रहेको बताउँदै एन्फाको अध्यक्ष पदमा आफूलाई सक्षम र योग्य ठानेको बताए ।

यो पनि हेर्नुस – एन्फालाई फिफाको निर्देशन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK