एन्जेलिनाको बिषयमा दुई छिमेकी देशबीच विवाद

ENGLISH

ENTERTAINMENT

एन्जेलिनाको बिषयमा दुई छिमेकी देशबीच विवाद

21 May, 2017 | Bhawana Pathak | 525 Views | comments

हलिउड स्टार एन्जेलिना जोलीको फिल्मका कारण दुई देशबिच चलिरहेको विवाद चुलिएको छ ।खबरका अनुसार एन्जेलिना जोली मानव सभ्यतामा सूडानको योगदानमाथि फिल्म बनाउने योजनामा छिन् जसका कारण इजिप्टका मानिसहरु खुसी छैनन् ।

बीबीसी अफ्रिकाका मोहनद हाशिम भन्छन्, ‘यो झगडा ‘कसको पिरामिड धेरै अग्लो छ’ भन्दा माथि छ ।’थुप्रै मिडिया रिपोर्टका अनुसार कतारी निर्माण कम्पनीले यो फिल्ममा पैसा लगाउनेछ जसमा एन्जेलिनासँग लियोनार्दो डिक्याप्रियो हुनेछन् ।

सूडानमा बेलायती राजदूत पनि यो कहानीमाथि ट्वीट गरेर झगडामा फसेका छन् ।सूडानका ट्वीटर प्रयोगकर्ताले यस्ता तस्बिर पोष्ट गरेका छन् जसमा एन्जेलिनालाई एक न्युबियन रानीको रुपमा देखाइएको थियो ।

इजिप्टको एक टेलिभिजन च्यानलले एन्जेलिनाको कस्ट्युम डिजाइनर बताइएका सूडानी डिजाइनर समय दार्विशको अन्तर्वार्तासम्म लिएको छ ।यद्यपी, यीमध्ये कुनै पनि कुराको पुष्टि अहिलेसम्म गरिएको छैन ।

यी दुई देशबिचको झगडा त्यतिबेला बढेको थियो जब कतारका सर्वश्रेष्ठ धनी व्यक्तिकी श्रीमती शेखा मोजा संयुक्त राष्ट्रका प्रतिनिधीको रुपमा सूडान पुगेकी थिइन् ।अल– बाजरौयाह पिरामिडमा उनको यात्राको तस्बिर खुब सेयर गरियो । तर इजिप्टले यो यात्राको खुब मजाक उडाएको थियो ।

वास्तवमा सूडानको ऐतिहासिक स्थलको विकासका लागि कतार १३५ मिलियन डलरको लगानी गर्न चाहन्छ । इजिप्टका धेरैजसो मानिसहरुले यसलाई इजिप्टको कमजोर भइरहेको पर्यटन क्षेत्रलाई थप कमजोर बनाउने र इजिप्टको नेतृत्वलाई तल्लो देखाउने कोसिसको रुपमा हेर्ने गर्दछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK