‘एनसेललाई करको दायरामा ल्याउनुपर्छ’

ENGLISH

POLITICS

‘एनसेललाई करको दायरामा ल्याउनुपर्छ’

टावरमा मात्र होइन, टाउकोमा बम हान्नुपर्छ

26 June, 2016 | Sandeep Bhattarai | 1750 Views | comments

sambadएनसेलले नेपाली जनतालाई लुटिरहेको र राज्यलाई छलिरहेको भन्दै करका दायरामा ल्याउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एनसेलले जनता र राज्यलाई एकैसाथ लुटेको बताए । “महंगो शुल्क तर गुणस्तरहिन सेवा दिएर जनतालाई लुटेको छ भने तिर्नै पर्ने कर नतिरेर राज्यलाई ठगेको छ” बास्तोलाले भने ।

आइतबार काठमाडौँको संवाद डबलीमा देशभक्त संघीय जनवादी मोर्चाले आयोजना गरेको ‘एनसेल वास्तविकता र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बास्तोलाले नेपालको कानुनले दालाल पुँजिपतिको रक्षा गर्ने भएकाले एनसेलले राज्यलाई कर नतिरेको बताए । “नेपालको कानुन दलाल वर्गको रक्षा गर्न निर्माण गरिएको हो त्यसैले एकाधिकार पुँजिपति वर्गले जनता लुटिरहेको छ” उनले भने । बास्तोलाले आफ्नो पार्टीले एनसेलमाथि कार्वाही नगरेको तर पार्टीको आह्वानमा जनताले कार्वाही गरेको बताए । आफ्नो पार्टीले नै कार्वाही गर्नुपर्ने अवस्था आए एनसेलले नेपालबाट भाग्नुपर्ने आवस्था आउने बताए ।

कार्यक्रममा प्रस्तुत अवधारणमाथि टिप्पणी गर्दै बास्तोलाले एनसेलका टावरमात्र होइन टाउमाथि बम हान्नु पर्ने अवस्था आएको बताए । “एनसेलका टावरमाथि मात्र बम होइन, जनतालाई लुट्नुपर्छ भन्ने चिन्तनलाई भत्काउन टाउकोमा बम हान्नुपर्छ” बास्तोलाले भने । उनले आफ्नो पार्टीको नेतृत्वमा बनेको नयाँ सत्ता र कानुनलाई एनसेल र यस्ता कम्पनीले कर तिर्नुपर्ने बताए ।

एनसेल जस्ता बहुरास्ट्रिय कम्पनीले अन्य देशमा जस्तै नेपालमा पनि कानुनको पालना गर्नुपर्ने बताउँदै बास्तोलाले एनसेलले तिर्न बाँकी ४३ अबर कर नतिरे अहिलेभन्दा गम्भीर क्षति भोग्नुपर्ने बताए । कम्युनिस्ट न्यूक्लिअसका संयोजक हेमन्तप्रकाश ओलीले एनसेल दलाल कम्पनी भएकोले नेपालका दलाल नेताहरुलाई खरिद गरेर लुट मच्चाइरहेको बताए । एनसेलले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खरिद गरेकाले ५३ अरब राजस्व नतिरेर बसेको बताए । “एनसेलले राज्यलाई कर नतिरेकोमा देखिएको आक्रोसविरुद्ध प्रधानमन्त्री केपी ओली र प्रचण्डले जसरी सुरक्षा निकाय परिचालन गरे त्यसले के देखायो भने उनीहरुलाई एनसेलले खरिद गरिसकेको छ” ओलीले भने । बाँकी ४३ अरब कर एनसेललाई तिराउनु पर्ने उनको विचार थियो ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिट्व्यूरो सदस्य रत्नदास जोशीले नेपालको कानुन नमान्ने एनसेल जस्ता बहुराष्ट्रिय कम्पनीविरुद्ध एक भएर आन्दोलन गर्नुपर्ने बताए । उनले एनसेलमाथिको कार्वाही ठिक भएको बताउँदै अझै राज्यलाई कर नतिरे आक्रोस बढ्न सक्ने बताए ।प्रा.डा. गोपाल सिवाकोटी ‘चिन्तन’ ले एनसेलले सेवा शुल्क अनुसार गुणस्तरिय सेवा नदिएर लुटिरहेको भन्दै राज्यलाई कर नतिरे दादागिरी देखाइरहेको बताए । एनसेललाई राज्यले करको दायरामा ल्याउन नसके जनता आफै जुट्ने बताए । “राज्यले एनसेलले सेवा शुल्क अनुसारको गुणस्तरिय सेवा दिइरहेको छ वा छैन नियमत नगरे, कर तिराउन नसक्दा जनताले कानुन हातमा लिन्छन्, यो जनताको अधिकार हो” चिन्तनल भने । राज्यले कानुनी राज लागु नगर्दा जनताले जनयुद्धमा कानुन हातमा लिएको भन्दै एनसेललाई राज्यले कर तिराउन नसके त्यो जिम्मा जनताले लिन चिन्तनले बताए ।

विकसित देशहरुमा सेवा शुल्क अनुसारको गुणस्तरिय सेवा दिन नसके वा अबरोध भए क्षतिपूर्ति तिर्नुपर्ने कानुनको पालना गर्दै आएपनि नेपालमा त्यो पालना नभएको बताए । विदेशी लगानी ल्याउने भनेको लुट मच्चाउन दिन नभएको उनको धारणा थियो । कार्यक्रममा नेकपा माओवादीको केन्द्रीय सदस्य गुणराज लोहनीले ‘एनसेल वास्ताविक र भ्रम’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमा एनसेलबारे विस्तृत जानकारीसहित उसले जनतालाई कसरी ठग्छ भन्ने कुरा उल्लेख गरेका छन् ।

कार्यक्रम संघीय जनवादी मोर्चाका अध्यक्ष शंकर खड्का र महासचिव खुमा सुवेदीले एनसेलको लुटविरुद्ध सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK