एनसीसीएचके र पीसीसीआईबीच सम्झौता

ENGLISH

NRN GLOBAL

एनसीसीएचके र पीसीसीआईबीच सम्झौता

किसन राई, हङकङ ।

15 April, 2018 | Kabi Adhikari | 1635 Views | comments

नेपाल च्याम्बर अफ कमर्स हङकङ (एनसीसीएचके) र पोखरा च्याम्बर एण्ड कमर्स एण्ड इन्डस्ट्री (पीसीसीआई)बीच एक सम्झौता भएको छ ।

hongkong

क्यान्टोन फेयर ग्वानझाउमा भाग लिएर यहाँ आइपुगेको पीसीसीआईका २८ सदस्यीय टोलीको स्वागतमा आयोजित कार्यक्रममा उक्त सम्झौता भएको हो । १२ बुँदे सम्झौतापत्रमा नेपाल र हङकङ तथा चीनमा हुने व्यापारिक मेला, प्रदर्शनी, सेमिनार, तालिमलगायतलाई प्राथमिकता दिइएको छ । कार्यक्रमलगायतमा दुई पक्षीय सहयोग आदानप्रदान गर्ने उल्लेख गरिएको छ ।

दुई संस्थाबीच व्यापारिक अवसरका लागि सञ्जाल विस्तार र गतिविधिको आयोजनालाई सम्झौतापत्रमा जोड दिइएको छ ।

एनसीसीएचकेका अध्यक्ष डासु राम पराजुली र पीसीसीआईका अध्यक्ष विश्व शंकर पलिखेद्वारा हस्ताक्षरित सम्झौतापत्र नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईको उपस्थितिमा आदान–प्रदान भएको हो । उक्त अवसरमा लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनी पारिजात स्मृति दिवसका लागि यहाँ आएका छन् ।

बगैंचा रेस्टुरेन्टमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पीसीसीआईका अध्यक्ष पलिखेले हङकङ र चीन सरकारको नजरमा एनसीसीएचकेको छवि राम्रो रहेको अनुभव सुनाउँदै त्यसलाई बचाई राख्न सम्बन्धितलाई आग्रह गरेका थिए । – कान्तिपुर दैनिकबाट ।

एनआरएनए र सुशील कोइराला फाउण्डेशनबीच सम्झौता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत...

बङ्गबन्धु

बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु...

मलेसिया

मलेसियामा धरपकड: ‘गैरकानुनी’ कामदार धमाधम समातिँदै

मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम...

भारत

एसिया कप : पाकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ भने...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK