एनसिसि अष्ट्रेलियामा “टोनु घोताने’ निर्वाचित

ENGLISH

एनसिसि अष्ट्रेलियामा “टोनु घोताने’ निर्वाचित

कृष्ण अधिकारी, न्युज एनआरएन डट कम

9 July, 2017 | Krishna Adhikari | 1490 Views | comments

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा  टोनु घोताने अध्यक्षमा निर्वाचित भएका छन् । मेलबर्न निवासी वर्तमान महासचिव समेत रहेका घोताने अध्यक्ष निर्वाचित भएका हुन |

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार टोनु घोतानेले २ हजार २ सय १८ मत ल्याएर विजय हासिल गरेका हुन् । प्रतिस्पर्धी स्वतन्त्रप्रताप शाहले २ हजार २ सय १३ मत प्राप्त गरेका थिए भने अन्य प्रतिस्पर्धीहरु अभिमान सिंह बस्नेतको ५ सय ५६ मत र डा. महेश भण्डारीको २ सय ४५ मत रहेको छ ।

यसैगरी महासचिव पदमा पनि मात्र ७० मतको अन्तरका साथ नारायण कोइराला निर्वाचित भएका छन् । नारायण कोइरालाले १ हजार २ सय ९९ मत प्राप्त  गरेका थिए भने उनका प्रतिस्पर्धी राजु मानन्धरले १ हजार ९ सय २९ मत पाएका थिए ।

यसैगरी सचिव पदमा देव गुरुंग २ हजार ३ सय ३६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी विकास केसीले एक हजार ७ सय ९ मत ल्याएका छन ।

यसैगरी कोषाध्यक्ष पदमा २ हजार ५ मतका साथ अच्युत शर्मा थपलिया निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कुशल केसीले एक हजार ८ सय २८ मत ल्याए । यसैगरी युवा संयोजक पदमा धर्मराज अधिकारी निर्वाचित भएका छन् । उनी दुई हजार ७ सय ४८ मतका साथ विजयी भएका हुन् ।

एनआरएन आईसीसी सदस्य ६ पदका लागि भएको निर्वाचनमा उम्मेद्वार रहेका एघार जनामध्येबाट जानकी पौडेल, दिपक भट्टराई ,केदार रिजाल ,उषाकिरण बारिया , गोकुलप्रसाद घिमिरे र राजकुमार थपलिया  विजयी भएका छन् ।

यसैगरी उपाध्यक्ष एवं राज्य संयोजक पदमा अष्ट्रेलियन क्यापिटल टेरेटोरीबाट राजनप्रसाद ढुंगेल विजयी बनेका छन् भने न्यूसाउथवेल्सबाट नन्द गुरुंग  विजयी भएका छन् । नर्दन टेरेटोरी डार्विनबाट हरिराम रिजाल विजयी बने भने उपाध्यक्ष एवं राज्य संयोजक पदमा नै क्वीन्सल्याण्डबाट सन्तोष कुँवर निर्विरोध भए ।

यस्तै साउथ अष्ट्रेलियाबाट अशोक केसी विजयी भएका छन, भिक्टोरियाबाट  केशव कँडेल उपाध्यक्ष पदमा दोहोरिएका छन् । वेष्टर्न अष्ट्रेलियाबाट राज्य संयोजक एवं उपाध्यक्ष पदमा दिपक शर्मा , तास्मानियामा भने संयोजकमा विश्वेश्वर खतिवडा निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

विजयी भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष टोनु घोतानेले आफुले मतदाताहरुसमक्ष गरेको वाचा अनुसारका काम गर्दै जाने बताएका छन् । महासचिव नारायण कोइरालाले पनि सबै मतदातालाई धन्यवाद दिँदै अपेक्षा अनुसार काम गर्न प्रयत्न गर्ने बताए । यसैगरी युवा संयोजक धर्मराज अधिकारीले आफ्ना एजेन्डाहरुको जीत भएको भन्दै सबै सँग मिलेर काम गर्ने आफ्नो चाहना रहेको बताएका छन् ।

 

यो पनि : एनआरएनए अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK