एनआरएन विज्ञ सम्मेलनका सुझाव कार्यान्वयनमा जोड

ENGLISH

SPECIAL

एनआरएन विज्ञ सम्मेलनका सुझाव कार्यान्वयनमा जोड

16 October, 2018 | Sandeep Bhattarai | 2815 Views | comments

एनआरएन विज्ञ सम्मेलनका सुझाव कार्यान्वयनमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विज्ञ सम्मेलनमा दिइएका सुझावका आधारमा नीति निर्माण भएमा नेपालमा लगानी गर्न सहज हुने बताएका छन् ।

एनआरएनएले आयोजना गरेको ३ दिने विज्ञ सम्मेलनमा दिइएका सुझावका आधारमा नीति बनाइ विदेशी लगानी गर्न बाटो खुल्ने जनाएका हुन् । सम्मेलनमा दिइएका सुझावका आधारमा नीति बनाए लागू गरे विदेशी लगानी बढ्ने र गैरआवासीय नेपाली पनि लगानीका लागि आकर्षित हुने उनीहरुको भनाइ छ ।

सम्मेलनपछि आइतबार भएको एनआरएनएकोे समीक्षा, निष्कर्ष र रणनीति बैठकपछि नीति बनाइ लागू गर्न सुझाव दिइएको हो । समीक्षा बैठकमा नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरूबीच पनि छलफल र परामर्श भएको एनआरएनएले जनाएको छ । लामो समयदेखि विदेशी लगानी भित्र्याउन नीतिगत सरलता हुनुपर्ने आवाज उठिरहेका बेला विदेशमा रहेका गैरआवासीय नेपालीले सरकारलाई सम्मेलनमा उठाइएका विषयका आधारमा नीति बनाउन सुझाव दिएका हुन ।

उद्घाटन सत्र बाहेक २ दिनसम्म नियमित सञ्चालन भएका विभिन्न १९ वटा विषयगत सेसनबाट प्राप्त सुझावका आधारमा नेपालको लगानी र आन्तरिक आर्थिक नीति बनाउन सरकारलाई स्वेतपत्र बुझाउने एनआरएनएले बताएको छ । सोमबार राजधानीका आयोजना गरेको पत्रकार सम्मेलनमा विज्ञ सम्मेलनका संयोजकद्वय डा. हेमराज शर्मा र कुमार पन्तले सम्मेलनपछि नेपालको आर्थिक विकासको खाका तयार गर्न सरकार र एनआरएनएलाई मार्गदर्शन हुने बताए । संयोजक शर्माले सम्मेलनमा आएका सुझावका आधारमा ३ महिनाभित्र स्वेतपत्र तयार गरी सुझाव दिने जनाएका छन् ।

दुई दिने सो विज्ञ सम्मेलनका क्रममा विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र विदेशी विज्ञहरूसँग छलफल गरी सुझाव संकलन गरिएको थियो । सम्मेलनले विदेशमा नेपालीले कमाएको पुँजीमात्रै नभइ ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपभोग गर्न सहयोग गरेको सो अवसरमा जानकारी दिइयो ।

सम्मेलनमा विदेश र स्वदेशमा आर्जन गरेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस् निष्कर्ष निकाल्न पनि सम्मेलनले सहयोग गर्ने बताइएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन र दोस्रो दिन ५ वटा प्लेनरी सत्र आयोजना भएको थियो । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधिको नीति, प्राविधिक जनशक्तिको अवस्थालगायत विषयमा छलफल भएको सम्मेलनपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसरी नै दोस्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, विज्ञान तथा प्रविधि, जोखिम न्यूनीकरण, वातावरणीय प्रदूषणदेखि लिएर फाइनान्सियल रिफर्म, सामाजिक सुरक्षालगायतका समानान्तर सत्रहरू सञ्चालन भएको थियो । कृषि, उत्पादन र ऊर्जामा स्वनिर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवरणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यवसायिक शिक्षा, स्वास्य शिक्षा, संघयतामा शिक्षाको मोडललगायतका विषयमा सम्मेलन केन्द्रित भएको बताइएको छ ।

एनआरएनएका उपाध्यक्ष पन्तले सम्मेलनमा उठाइएका विषयवस्तुहरू नेपालको विकास मोडलसँग जोडेर बनाइएको जनाउँदै सरकारका विकासका प्राथमिकता परेका विषयलाई आधार मानिएको बताए । उनले अब २ वर्षपछि गर्ने विज्ञ सम्मेलनमा थोरै र आवश्यकता अनुसारका विषयमामात्र छलफल गरिने बताए । परराष्ट्र मन्त्रालयका उपसचिव डमरुबल्लभ पौडेलले एनआरएनए विज्ञ सम्मेलनबाट प्राप्त भएका सुझावका कारण सरकारलाई नीति बनाउन सहयोग हुने बताए । उनले सम्मेलनमा सरकारको पनि सहभागिता रहेका कारण कारण सम्मेलनमा दिइएका सुझाव कार्यान्वयन गर्न सजिलो हुने बताए ।

कारोबारबाट

एनआरएनएको पहिलो विधानसभा काठमाडौँमा शुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK