एनआरएन भाषा तथा साहित्य उपकार्यदल विस्तार

ENGLISH

NRN GLOBAL

एनआरएन भाषा तथा साहित्य उपकार्यदल विस्तार

22 July, 2016 | arjun baral | 1630 Views | comments

नेपाली भाषा तथा साहित्यको प्रबद्र्धनका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गठन गरेको भाषा तथा साहित्य प्रबद्र्धन उपकार्यदल विस्तार गरिएको छ ।

गत २० जुलाई २०१६ का दिन गैर आवासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसि)का संयोजक विश्वास दीप तिगेलाले विस्तार गरेका छन् ।

संयोजक तिगेलाले संयोजक तिगेलाले विभिन्न देशमा सक्रियहरुलाई सदस्यमा मनोनितत गरेका हुन् । जसअनुसार क्रमशः नीलम कार्की निहारिका (अमेरिका), डा. लेखनाथ काफ्ले (ताइवान), केदार सुनुवार संकेत (युके), चन्द्र मादेन –हङकङ), प्रतिमा केसी (युके), अमित राई (कुवेत), राजकुमार दिक्पाल (पोर्चुगल), राम लामा (युएसए) र प्रदिप थापामगर (युएसए) र एनआरएन युके राष्ट्रिय समन्वय परिषद मातहतमा गठन भएको भाषा तथा साहित्य विभागको प्रतिनिधित्व गर्दै लक्ष्मी राई लारा रहेकी छन् ।

सल्लाहकारहरुमा अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछाने र महासचिव डा. बद्री केसी चयन हुनुभएको छ ।

संयोजक तिगेलाले नेपाली साहित्यलाई चाइनीज, तिब्बेतियन, अरबिक र अंग्रेजीमा अनुवाद, गैर आवासिय नेपाली बच्चाहरुको लागि नेपालबारे जानकारी दिने र नैतिक शिक्षा दिने कार्टुन निर्माण लगायतमा ध्यान केन्द्रीत गर्ने बताए । तिगेलालाई गत ३० जनवरी २०१६ को ५२ औं आईसिसि बैठकले जिम्मेवारी तोकेको थियो । अघिल्ला दुई कार्यकालको कार्यदलमा पनि तिगेलाले काम गरेका थिए ।

तिगेलाकै प्रधान सम्पादनमा एनआरएन साहित्य कार्यदलको हिमालयन वार्ड नामक अनुवाद संग्रह पनि प्रकाशित भईसकेको छ । यस अघि नेपाली भाषा, साहित्य, संस्कृति, संगीत संरक्षण तथा सम्बद्र्धन उपकार्यदल थियो । जसको नेतृत्व पूर्व अध्यक्ष जीवा लामिछानेले गरेका थिए । यसपटक भाषा तथा साहित्यलाई छुटाएर साहित्यकार तिगेलालाई जिम्मेवारी दिएको हो । तिगेला युकेबाट एनआरएन आईसिसि सदस्य र विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय अध्यक्ष पनि हुन ।

एनआरएनए र नेपाली सेनाबीच विपद व्यवस्थापनमा सहकार्य

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK