एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

ENGLISH

एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

2 October, 2018 | Sandeep Bhattarai | 4035 Views | comments

विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ ।

सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गराउने कार्यको सोमबार एक कार्यक्रमकाबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुभारम्भ गर्नुभयो ।

सो कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राथमिक विद्यलयमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेसनरी आदी शैक्षिक सामाग्री वितरण समेत गरिएको छ । शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरि प्रति बर्ष हरेक विद्यार्थीले छ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त गर्नेछन् ।

विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

शैक्षिक सामग्री वितरण, अनुगमन लागायतका ब्यवस्थापकिय कार्यका लागि ६ सदस्यीय संचालक समिति गठन गरिएको छ । अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक बर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ ।

विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

अभिभावकत्व ग्रहणका लागि श्रोत जुटाउन गत अगष्टमा फिनल्याण्डको राजधानी हेलसिन्किमा मैत्रीपूर्ण दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरिएको थियो । भर्ना गरिएका विद्यार्थीहरलाई उनीहरुले विद्यालय शिक्षा पार गरुन्जेल सहयोग प्रदान गर्न पहल गरिने एनआरएनए फिनल्याण्डले जनाएको छ । कार्यक्रमको दिगोपनका लागि शिक्षा मन्त्रालय तथा रामगोपालपुर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

एनसिसि फिनल्याण्डद्वारा परोपकारी दौड प्रतियोगिता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK