एनआरएन क्यानडा कालो सूचीमा छैन

ENGLISH

एनआरएन क्यानडा कालो सूचीमा छैन

1 June, 2016 | Sandeep Bhattarai | 1010 Views | comments

nrn canadaकेही अनलाइन पत्रिकामा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका कार्यकारी समितिका सदस्यहरुलाई क्यानडा सरकारले कालोसूचीमा राखेको र संघलाई निलम्बन गरेको भन्दै केही पत्रपत्रिकामा समाचार छापिएपछि त्यसको खण्डन गरेको छ ।

एनआरएनए क्यानडाका अध्यक्ष तुल्सीप्रसाद सापकोटाले जारी गर्नुभएको विज्ञप्ति अनुसार केही अनलाइनमा आए जस्तो क्यानडा सरकारले एनआरएन क्यानडाका कार्यकारी समितिका सदस्यहरु कसैलाई पनि कालोसूचीमा नराखेको र संघलाई पनि निलम्बन गरेको छैन ।

विज्ञप्तिमा कुरै नबुझी कार्यसमितिका सदस्यहरुबिरुद्ध भ्रमक समाचार प्रकाशन गर्नु पीत पत्रकारिताको नमूना भएको भन्दै यस्तो भ्रामक समाचार प्रकाशन गरेपछि सो कुरा सत्य नभएको भन्दै जानकारी गराउँदा समेत सच्याउने काम नभएकाले आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी समेत दिइएको छ ।

स्मरणीय के छ भने क्यानडा सरकारको संस्था दर्ता गर्ने निकायमा हरेक वर्ष साधारण सभा, संचालक र ठेगानाका सम्बन्धमा दुरुस्त गराउनुपर्ने हुन्छ । म्यादभित्र सो काम नगरेकामा उसले एउटा ध्यानाकर्षणपत्र पठाउँछ । त्यही सामान्य ध्यानाकर्षणलाई अर्थको अनर्थ लाग्ने गरी समाचार बनाएर बदनियत राखिएको अध्यक्ष सापकोटाको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ –

NRN-Canada-Press-release

यो पनि हेर्नुस – एनआरएनए क्यानडाको अध्यक्षमा सापकोटा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK