एनआरएन कान्साइद्वारा एक ब्यक्ति एक उपहार सहितको सांगीतिक धमाका हुदै

ENGLISH

NRN GLOBAL

एनआरएन कान्साइद्वारा एक ब्यक्ति एक उपहार सहितको सांगीतिक धमाका हुदै

23 December, 2016 | Bipin Acharya | 1165 Views | comments

एनआरएन कान्साइले जनवरी १ तारिक गर्न लागेको सांस्कृतिक कार्यक्रममा कोमल ओली,ज्योति काफ्ले (नक्कली बाबुराम),राजु परियार, जय कुमार परियार साथमा स्थानीय कलाकारहरुले कान्साइ बासी लाई मनोरन्जन दिने भएका छन् ।

u0-ea-d3-5d9c0414f383d313bab54ca4d4d95f09pimgpsh_fullsize_distr-212x300

बागलुङ स्थित धौलागिरि अंचल कै एक मात्र अञ्चल अस्पातलको लागि छिटो छरितो र बैज्ञानिक प्रबिधि बाट बिरामी जाच गर्नको लागि पूर्णतया अटोमेटेड अनलाइज़र मेसिन र स्वास्थ्य सामग्रीको सहयोगार्थ साथमा भुकम्प प्रभावित क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले जनवरी १ तारिक गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारी लगभग सकिएको कार्यक्रम संयोजक नरेन्द्र बस्नेत् (दिनेश)ले जानकारी दिनु भयो । कार्यक्रमका लागि सहयोगी दाताहरु समेत उत्साहित भएको र सहयोग संकलन अभियान समेत तिब्र रुपले अगाडि बढाइएको आर्थिक समितिका सदस्य प्रेम प्रसाद कंडेलले हामीलाई जानकारी दिनु भयो ।

एनआरएन कान्साइले अंग्रेजी नया बर्ष २०१७ जनवरी १ तारिकको दिन नेपालबाट चर्चित कलाकार हरु कोमल ओली,ज्योति काफ्ले (नक्कली बाबुराम),राजु परियार, जय कुमार परियार साथमा स्थानीय कलाकारहरु सहितको सांगीतिक धमाका २०१७ ओसाका(उमेदा)मा स्थित हिल्टन होटेलमा दिनको १६:०० बजे बाट सुरु गर्ने गरी आयोजना गरिएको एनआरएन कान्साइ संयोजक टिकाराम कंडेलले बताउनुभयो ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वधार निर्माणमा सहयोग गर्ने प्रमुख उद्देस्यले आयोजना गरिने कार्यक्रमलाई भव्य र सव्य बनाउनको लागि र सम्पूर्ण कान्साईबासि नेपालीहरुलाई अपनत्त्वोको बोध गराउदै सक्दो सबैको सहभागिता होस् भन्ने अभिप्रायले बिभिन्न कार्यसमिति हरु तय गरि कार्यविभाजन गर्दै काम तिब्र पारीएको छ ।
साथमा अघिल्ला दिनहरुमा जस्तै यस कार्यक्रमलाई सम्पूर्ण रुपमा सफल गराउन प्रायोजक,सहयोगी दाता मीडिया कर्मी र सम्पूर्ण नेपाली हरुको बिशेष सहयोग आबस्यक पर्ने भएकोले यहाहरुको अमुल्य सहयोग र सल्लाहको लागि एनआरएन कान्साईले अनुरोध गरेको छ । स्मरण रहोस एनआरएन कान्साईले कान्साबासि सम्पूर्ण नेपालीहरु लगायत अन्य सहयोगि हरुको बिशेष कदर गर्दै स्थानीय स्तरमा बिभिन्न चेतनामूलक र जानकारी मूलक कार्यक्रमहरु गर्नुको साथै गोर्खा,उदयपुर र सिन्धुपाल्चोक मा बिद्यालय निर्माण गरिसकेको छ भने अन्य धेरै परोपकारी कार्यहरु पनि गरि सकेको छ|

नेपाली लोक संगीत क्षत्रकी चर्चित ब्यक्तित्व कोमल ओली त्यसै गरी लोक दोहोरीका धरोहर मानिने राजू परियार,चर्चाको शिखर चुम्दै गरेका हास्य कलाकार ज्योति काफ्ले(नक्कली बाबूराम)र गायक तथा संगीतकार जय परियार को साथमा स्थानीय कलाकार हरुको प्रस्तुति सहित सम्पन्न हुन लागिरहेको म्यूजिकल धमाका हेर्न आउने प्रत्येक लाइ ५०० येन देखि १०,००० येन सम्मको हात खाली नजाने गरी पुरस्कारको ब्यबस्था गर्नुको साथै मोबाइल संगको सहकार्यमा नया बर्षको दिन कार्यक्रम स्थल बाट आफ्नो देशमा फोन गरी सुभकामना आदान प्रदान गर्न चाहनु हुने नेपालीहरुको लागि निशूल्क सुभकामना फोनको पनि ब्यबस्था गरिएको छ|

एक ब्यक्ति एक उपहार को ब्यबस्था गरिएको यो सामाजिक कार्य्रकममा उपस्थित भएर मनोरंजन को साथमा उपहार समेत लिएर जानपाईने छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कठै ! फेवाताल

कठै ! फेवाताल

फेवातालको किनारामा देखिएको फोहर । पोखराको पर्यटकीय आकर्षणको केन्द्र...

इपिएल

इपिएल : सुपर ओभरमा हार्यो पोखरा, विराटनगर सात रनले विजयी

एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत मंगलबार भएको पहिलो खेलमा...

मेलबर्न फेस्टिबल

बुद्ध र सगरमाथाको देश भ्रमण गर्न अस्ट्रेलियन नेताद्धारा आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा...

बिग बास

अष्ट्रेलियाको टी -२० लिग बिग बास खेल्न सन्दीप अष्ट्रेलियातर्फ

नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK