एनआरएन अमेरिकामा पृथ्वी जयन्ती मनाउने मनाउने निर्णयले विवाद

ENGLISH

NRN GLOBAL

एनआरएन अमेरिकामा पृथ्वी जयन्ती मनाउने मनाउने निर्णयले विवाद

28 December, 2016 | Bipin Acharya | 1195 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएन), राष्ट्रिय समन्वय परिषद, (एनसिसि) अमेरिकाले पृथ्वी जयन्ती मनाउने निर्णय गरेपछि विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् ।

हालै बसेको एनसीसी अमेरिकाको बैठकले सो निर्णय गरेपछि संगठनमा आबट अरु क्रियाशिल विभिन्न संघसंगठन विरोध गरेका हुन् ।

असन्तुष्ट समुहले एक विज्ञप्तिमार्फत भनेको छ–
–एनआरएन जस्तो गैंर राजनीतिक संस्थाले यस्तो राजनीतिक मुद्दालाई एकतर्फी रुपमा प्रस्तुत गरेकोमा एनआरएन, एनसिसि, युएसएको वर्तमान नेतृत्वको घोर निन्दा गर्दै यस्तो विवादस्पद राजनीतिक कार्यक्रम आयोजना नगर्न अव्हान गर्दछौ ।

–संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल गणतान्त्रिक राज्यमा परिणत भइसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले समेत नेपालमा राजतन्त्र उन्मूलनपछि पृथ्वी जयन्तीलाई कुनै किसिमको दिवसको रुपमा नमनाउने राज्यको घोषणा पश्चात् पनि एनआरएन, युएसएको वर्तमान नेतृत्वले यस्तो विवादस्पद निर्णय गरेर एनआरएनएको मूल्य र मान्यतामाथि कुठराघात गर्दै गणतन्त्र नेपाल राज्यको विरुद्ध नै अभियान संचालन गर्न दुस्साहस गर्न खोजेको निस्कर्ष हाम्रो रहेको छ ।

–एनआरएनएको विधानको प्रस्तावनामा नै यस संस्थालाई “स्वतन्त्र, गैंर नाफामुलक, गैैर राजनीतिक, गैैैर सरकारी स्थायी संस्था” हो भनेर स्पष्ट उल्लेख गरिएको हुँदा हँुदै पनि एनआरएन, युएसएको वर्तमान नेतृत्व निजी स्वार्थबाट अभिप्रेरित भई सिङ्गो अमेरिकी डायस्पोराको दृष्टिमा एनआरएनएको प्रतिष्ठालाई धज्जी उडाउने कुचेष्टा वर्तमान नेतृत्वले दुस्साहस गरेको छ ।

विरोध गर्ने
१. लुईसाङ वाईवा तामाङ –अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ।
२. समीर महर्जन–अध्यक्ष, नेपाली संघीय समाज अमेरिका ।
३. विरेन्द्रहाङ लाबुंग लिम्बु–अध्यक्ष, संघीय लिम्बुवान मंच अमेरिका ।
४. सतेन्द्र साह–अध्यक्ष, मधेशी अराउण्ड दि वल्र्ड ।
५. मणि बाङ्देल–संयोजक, सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी ईन नेपाल ।

घलेदेखि लामासम्मलाई बोधार्थ
१. शेष घले–अध्यक्ष, गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद ।
२. डा.बद्री के.सी–महासचिव, गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद ।
३. सोनाम लामा–क्षेत्रीय संयोजक, एनआरएनए उत्तर अमेरिका ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK