एनआरएन अमेरिकाद्वारा परिचय पत्र वितरण प्रक्रिया सुरु

ENGLISH

एनआरएन अमेरिकाद्वारा परिचय पत्र वितरण प्रक्रिया सुरु

23 November, 2017 | Kunjar Bhattarai | 1760 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागि आवश्यक पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ ।

एनआरएनए अमेरिकाका  अध्यक्ष डा. केशव पौडेलले  संस्थाको वेब पेजमा लग-इन गरी आफ्नो तस्वीर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरे पश्चात परिचय पत्रका लागि प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

पौडेलले सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत गराएको जानकारी अनुसार अबको केही दिन भित्रमा परिचय पत्रका लागि आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न एक इमेल सदस्यहरूलाई प्राप्त हुनेछ ।

अध्यक्ष डा.    पौडेलद्धारा प्रेसित विज्ञप्तिमा कसरी तस्वीर अपलोड गर्ने तथा अनलाइन प्रोफाइलको पासवर्ड बिर्सेको भए कसरी परिवर्तन गर्ने भन्ने विषयमा प्राप्त गरिने इमेलमा सबै सूचना समावेश हुने उल्लेख छ ।

वर्तमान कार्यसमितिले पदभार ग्रहण गरे लगत्तै गत सेप्टेम्बर १७ तारिखमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति सदस्य गोपेन्द्र भट्टराईको संयोजकत्वमा एनआरएनए परिचयपत्र समिति गठन गरी परिचयपत्रको व्यवस्था चाँडै सुरु गर्न सम्पूर्ण जिम्मेवारी दिएको थियो ।

एनआरएन अमेरिकाका मिडिया कोर्डीनेटर बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार अबको केही साता भित्रमा अमेरिकाका सबै एनआरएनए सदस्यहरूले आआफ्ना स्थानीय शाखाहरुमार्फत परिचयपत्र प्राप्त गर्नेछन् तर यसका लागि भने प्रत्येक सदस्यले अनलाइन प्रोफाइल अपडेटका साथै पासपोर्ट साइजको तस्वीर समेत अपलोड गर्नुपर्नेछ ।

एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाको उमेदवारी दर्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK