एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाको उमेदवारी दर्ता

ENGLISH

एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाको उमेदवारी दर्ता

एनआरएनलाई थप बलीयो र प्रभावकारी बनाउने सबैको मुख्य एजेण्डा

10 July, 2017 | Sandeep Bhattarai | 760 Views | comments

एनआरएन अमेरिका

अमेरिका – केही महिना यता निकै चर्चा र चासोको बिषय बन्दै आएको एनआरएनए अमेरिकाको अध्यक्षका लागि पाँचजनाले उमेदवारी दर्ता गरेका छन ।

यसअघि नै चर्चामा रहेका डा केशब पौडेल, कृष्ण पोखरेल, गौरीराज जोशी, राम सी पोखरेल र रविना थापाले उमेदवारी दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ । शनिबार उम्मेदवारी दर्ताको अन्तिम दिन हो ।

उम्मेदवारी दर्ताकालागी शनिवार राती १२ बजेसम्मको समय दिइएको थियो । उम्मेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै अध्यक्षका एकजना प्रत्यासी राम सी पोखरेलले एनआरएनए साझा संस्था भएकोले प्यानल वा गुट भन्दापनि सबैको साझा व्यक्तिका रुपमा आफुले उमेदवारी दिएको बताएका छन ।

वर्तमान बोर्डमा रहँदापनि आफू सदैव न्याय र संस्थाको हितमा लागेको उल्लेख गर्दै पोखरेलले एनआरएन सुधार, आफनो मुख्य एजेण्डा रहेको पनि उल्लेख गरेका छन ।

यसैगरी अध्यक्षका अर्का प्रत्यासी गौरी जोशीले एनआरएनए अमेरिका सबैको आकर्षणको संस्था बनाउने मुख्य उदेश्यकासाथ आफुले उमेदवारी दिएको बताएका छन । उमेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै जोशीले अबको एनआरएनए ‘हाम्रो र राम्रो’ एनआरएन बनाउने, अमेरिकाको नेपाली समुदायलाइ बलियो बनाउँदै मातृभूमिमा सक्दो सहयोग गर्ने, युवाहरुलाइ रोजगारीकालागी आवश्यक सहयोग गर्ने, आइसिसिमा नेतृत्वदायी भुमिका खेल्ने जस्ता एजेण्डाहरु अघि सारेका छन ।

अर्का प्रत्याशी एवं वर्तमान अध्यक्ष डा. पौडेलले सवल र सम्मानित अमेरिकी एनअरएनका र बाकी कामहरु पुरा गर्नको लागि उम्मेदवारी दिएको बताए । अध्यक्षका अर्का प्रत्यासी रविना थापाले एनआरएनए अमेरिकालाई एउटा उत्कृष्ट संस्था बनाउने लक्ष्यकासाथ आफुले उमेदवारी दिएको बताएकी छिन्  ।

हिमालय खबरसँग कुरा गर्दै थापाले एनआरएनएको प्रभावलाई तल्लो तहसम्म पुरयाउने र एनआरएनलाइ थप प्रभावकारी बनाउने आफनो मुख्य लक्ष्य रहेकोपनि बताएकी छन । यसका लागी आफुसँग पर्याप्त अनुभव रहेको उनको दाबी छ । अर्का उम्मेदवार कृष्ण पोखरेलले पनि अमेरिकामा नेपाली समुदायको सुखदुखमा साथ दिनका लागि उम्मेदवारी दिएको बताए । उनले नेपालको राजनीतिभन्दा संस्थालाइ माथि राख्न अघि बढेको समेत उल्लेख गरे ।

शनिबारनै एनअरएनएका बिभिन्न पदका अकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै २६ वटा स्टेट च्याप्टरका लागि समेत उम्मेदवारी दर्ता भएका छन् । एनआरएन टेक्सास च्याप्टरको अध्यक्षका लागी बिकास उप्रेती र भानु खरेलले आफनो उमेदवारी दर्ता गरेका छन ।

कतिपय स्टेट च्याप्टरमा उम्मेदवारी समेत परेको छैन । ती राज्यहरूमा सदस्य भएपनि पदका लागि कोही पनि तयार नभएकाले उम्मेदवारी दर्ता नभएको हो ।

हिमालयखबर

एनआरएनए अमेरिकाको अध्यक्षमा गौरी जोशीको टिममा लहर

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK