एनआरएनए अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारीको घोषणा

ENGLISH

NRN GLOBAL

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारीको घोषणा

20 February, 2017 | Krishna Adhikari | 1095 Views | comments

tqविजय थापा,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् ।

डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघरसंस्थामा संलग्न भै काम गरि सकेकी थापाले आगामी कार्यकाल २०१७ र२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेद्वारी दिएकि हुन् ।

बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बानाको पूर्व अध्यक्ष तथा वर्तमान उपाध्यक्ष भै सफलता पूर्वक काम गरेकी थापाले अहिले सम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको मन्तब्यको क्रममा बताएकी छिन् ।

थापाको औपचारिक उम्मेद्वारीको घोषणा कार्यक्रममा डीसीमहानगर क्षेत्रका समाज सेवी ,लब्ध प्रतिष्ठित व्यक्ति तथा संघरसँस्थाका बिभिन्न नेपाली समुदायले शुभकामना दिएका थिए ।

थापाले विधिवत उम्मेदवारी दिदै आफ्नो घोषणा पत्र समेत जारी गरेकी छिन् ।आफ्नो नेतृत्व कार्यकालमा एनआरएनए एनसीसी अमेरिका विश्वमा सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी हुने र यो मेरो सपना रहेको बताईन ।

यसको साथै घोषणा पत्र विशिष्ट योजनाविद तथा एनआरएनए बिज्ञहरुको समेत परामर्शले तयार पारिएको बताइन । निर्वाचन पछि, कार्यसमितिको पहिलो बैठक मै प्रस्तुत गरि कार्यन्वयनको लागि अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेकी छिन् ।

उनले संस्था तथा नेतृत्व बिकासबारे चर्चा गर्दै आफ्नो नेतृत्व कार्यकालमा समितिका सदस्य ,शाखा , सल्लाहाकारहरुको आफ्नो क्षमता र जिम्मेवारी अनुसार सकृयता हुने र सम्पूर्ण कुराहरु बिधान, निति, कानुन र नियम संगत हुनेछन भनि विचार पोखिन ।

यस्को साथै कोही पनि व्यक्ति अराजक र संस्थाको बिपरित जाने छैनन् भन्दै सदस्यता सबैले खोजी खोजी लिने अवस्थाको सृजना हुने छ भनि आफ्नो घोषणा पत्रमा उल्लेख गरेको बताइन ।

यसको साथै गैर आवासिय नेपाली संघ अन्तऱराष्ट्रिय समन्वय परिषदसँग सत प्रतिशत रुपमा मापदण्डहरु पुरा गरेको एनसीसी हुनेछ। र उनले मन्तब्य कै क्रममा सन् २०१७ मै आइसीसीमा कम्तिमा पनि दुई वटा महत्वपूर्ण स्थान र २०१९ मा विशिष्ट श्रेणीको नेतृत्व दावी गर्ने अवस्थाको नेतृत्व विकासगरिने बताईन ।

अमेरिकामा रहेका नेपाली समुदायहरुको लागि र मातृभूमी नेपालमा गरिने परियोजना गरि आफ्नो कार्यकालमा दुई खाले परियोजना हुने मन्तब्यमा राखिन । सम्पूर्ण परियोजना मध्ये ८० प्रतिशत चाँही अमेरिकामा रहेका नेपाली समुदायको हितमा गरिने बताईन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK