एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम हुने

27 February, 2017 | Krishna Adhikari | 755 Views | comments

unnamedविजय थापा ,वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित गैर राजनीतिक तथा गैर नाफा मूलक संस्था-भिजन फर नेपाल फाउन्डेसनले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका प्रत्याशीहरुको लागि सार्वजनिक बहस कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ।

भिजन फर नेपाल फाउन्डेसनले बिगतमा पनि एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुलाई एकै थलोमा ल्याई डीसी महानगर क्षेत्रमा यस्तै सार्वजनिक बहस कार्यक्रमको आयोजना सफलता पूर्वक सम्पन्न गरेको थियो।

बिश्वमै अनुकरणीय मानिने प्रजातांत्रिक शैली, खुला प्रतिस्पर्धा, र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्क अनि बहसको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपतिको चुनावी दौरानमा गरिने राष्ट्रपतीय बहसलाइ मध्यनजर गरेर उस्तै शैली र तयारीका साथ गरेको २०१५ को बहसले उम्मेदवारहरुलाई आफ्ना तर्क प्रस्तुत गर्न एक साझा चौतारी उपलब्ध गराएको स्मरण गराएको छ।

फाउन्डेसनले यसको साथै नेपालीहरूलाई आफ्नो नेता छनौट लागि आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गरेको थियो भनि छापा बिज्ञप्तिमा जनाएको छ। आगामी बहस बिगतको जस्तै एनआरएन अमेरिकाको चुनावको लागि दरखास्त आह्वानको म्याद सकिए पछिको पहिलो आइतवारका दिन आयोजना गर्ने निर्णय अनुसार अप्रिल १६ तारिखका लागि तोकिएको छ।

बहसलाई निष्पक्ष, अझ बढी स्वतन्त्र एवं प्रभावकारि ढगंले अगाडि बढाउनका लागि भिजन फ़र नेपाल फाउण्डेसनले स्वतन्त्र पत्रकार बिजय घिमिरेलाई पनि समावेश गर्ने निर्णय गरेको जनाएको छ।

एनआरएन युएसए अध्यक्ष पदका सबै प्रत्यासिहरूले आफुहरू अप्रिल १६ ,२०१७ को दिन अमेरीकाको राजधानी वाशिंगटन डीसीमा हुने उक्त बहसमा सहभागि हुने प्रतिबद्धता ब्यक्त गरि सकेको फाउन्डेसन का अध्यक्ष कृष्ण शर्मा द्वारा जारी गरिएको छापा बिज्ञप्तिमा जनाएका छन्।

अहिले सम्म अध्यक्ष को उम्मेदवार को घोषणा गरेका अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा ,केशव पौडेल ,कृष्ण पोख्रेल ,रामचन्द्र पोख्रेल ,गौरी जोशी,तथा दूर्गा दाहालले सहभागी हुने जनाएको कुरा उल्लेख गरिएको छ ।

यो बहसले मतदाताहरूलाइ आफ्नो प्रतिनिधी छान्न सहयोग हुने विश्वास भिजन फ़र नेपाल फाउण्डेशनको छ भने ९० मिनट लामो बहसमा प्रत्यासिहरूले आफ्ना कुरा राख्नुको साथसाथै दर्शकदीर्घा लगायत बिभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरुको प्रत्यक्ष जवाफ दिने अवसर पाउने छन्।

यसै गरि बहस कार्यक्रम स्थानीय टी भि बाट प्रत्यक्ष प्रसारण हुनुका साथै बिभिन्न सामाजिक संजाल हरूबाट समेत प्रसारण हुनेछ। बहस कार्यक्रममा सहभागि हुनका लागि भिजन फ़र नेपाल फ़ाउन्डेशनले सबै नेपाली समुदायलाई अनुरोध गरेको छ।

बिविध कारणवश बहसमा प्रत्यक्ष सहभागि हुन नसक्नेहरूले आफ्ना प्रश्न एवं जिज्ञासाहरू vfornepal@gmail.com मा पठाएर सहयोग गर्न समेत सक्ने र अवसर पाउने छन् ।

यसको साथै प्रत्यक्ष प्रसारणको समयमा प्राप्त प्रश्नहरूको जिकीर गरिने छ तर उम्मेदवारहरूलाई प्रश्न सोध्न नसकिने जानकारी गराएको छ। अन्य उम्मेदवारहरुमा न्युयोर्कका तेम्बा शेर्पा पनि रहेका छन् भने अन्य उम्मेदवार को घोषणा संगै उक्त बहस कार्यक्रममा आमन्त्रण गरिने शर्माले बताएका छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK