एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

ENGLISH

NRN GLOBAL

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

18 October, 2017 | Sandeep Bhattarai | 785 Views | comments

प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको मंगलबार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले लगानीमैत्री वातावरणका लागि विद्यमान ऐन, नियम परिवर्तन गरेकाले बिना हिचकिचाहट लगानीका लागि मुलुकको समृद्धिमा सहयोग पुर्याउन आग्रह गर्नुभएको हो ।

उहाँले आर्थिक विकासको प्रमुख आधार विप्रेषण भएकाले वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत्, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्न सकिने भन्दै गैह्र आवासीय नेपालीको भूमिकाकै कारण संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले प्रतिनिधित्व गर्न सकेको स्मरण गर्नुभयो ।

उहाँले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकले समृद्धिको बाटो लिने अपेक्षा व्यक्त गर्नुभयो । संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु देवमान हीराचन, जीवा लामिछाने, शेष घले र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गैह्र आवासीय नेपालीले नेपालको समृद्धिमा देखाएको हातेमालेको स्मरण गर्दै यसमा सरकारबाट सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

संघको सो सम्मेलनले भवन भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK