एनआरएनद्वारा साउदीको दमाम गार्डेनमा बस्दै आएका नेपालीलाई आश्रय प्रदान

ENGLISH

NRN GLOBAL

एनआरएनद्वारा साउदीको दमाम गार्डेनमा बस्दै आएका नेपालीलाई आश्रय प्रदान

7 May, 2017 | Sandeep Bhattarai | 585 Views | comments

नेपाली

गैर आवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ ।

दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनएले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।

एनआरएनए साउदीका अध्यक्ष नारायण पासवान, आरसिसि पुर्वी क्षेत्रीय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, दमामका अध्यक्ष लोकेन्द्र सुब्बा, कोषाध्यक्ष शुक्र मोक्तान, कार्गो ब्यबसायी जेन कुमार लामाको संयुक्त टोलीले नेपाली श्रमिकलाई भेटी अस्थाई आवासको व्यवस्था गरिदिएको हो ।

एनआरएनए साउदीको आपतकालिन उद्धार कोषबाट रकम निकासा हुने गरी दैनिक आवश्यक समाग्री, भाँडाकँुडा, चुलो, ग्यास लगायत खाद्यान्यको व्यवस्था गरिएको छ ।

साउदी सरकारद्वारा दिइएको ३ महिने आममाफीको समय सकिनै लाग्दा उनीहरु जेद्दा, जिजान, ताबुक लगायत बिभिन्न ठाँउहरूबाट बहिर्गमनको लागि दमाम आइपुगेका थिए । बस्ने ठाँउ नभएपछि उनीहरु सिको गार्डेनमा वस्न बिवश भएको थियो ।

एसओसए म्यानपावरलाई ७५ हजार नगद बुझाइ ८ महिना पहिले नासिर अल हाजरी कम्पनीमा पुगेका तुल्सीपुर दाङका सुनिल डाँगीले म्यानपावरले भनेको जस्तो नभएपछि कम्पनी छाडेर काम गरेको बताए ।

ती मध्ये १३ जनाले नेपालीले काममा लगाएर तलब नदिएपछि आफुहरुसँग रकम नभएको बताए । तलव नदिएकोले आफुहरू गार्डेनमा बस्न बाध्य भएको पीडितहरू बताउँछन् ।

कान्तिपुरबाट

कुवेतवाट साउदी लगिएका घरेलु कामदारको उद्धार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK