एनआरएनको हजार घर निर्माण अभियानमा, स्विटजरल्याण्डबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

एनआरएनको हजार घर निर्माण अभियानमा, स्विटजरल्याण्डबाट आर्थिक सहयोग

26 July, 2016 | arjun baral | 1535 Views | comments

nrna1

रञ्जु (वाग्ले) थापा – भूकम्प पिडितहरुका एक हजार घर निर्माण गर्ने एनआरएनएको अभियानका लागि स्विटजरल्याण्डबाट करिब ९३ लाख रुपैयां सहयोग पुग्ने भएको छ । गोर्खाको उत्तरी गाउ“ लाप्राकमा बस्ती बनाउँन सरकारसंग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको हो ।

स्वीस– नेपाली भूकम्प पुनस्निर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङकस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रर्यााङकस् गरि करिब ९३ लाख रुपैयां एनआरएनएको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको छ।

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको बिशेष उपस्थितिमा जुरिखमा आईतबार आयोजित एक कार्यक्रम बीच रकम प्रदान गर्ने घोषणा भएको हो। स्विटजरल्याण्डमा उठेको रकमलाई पुनर्निमाणमा खर्च गर्न एनआरएनएलाई बिश्वास गरेकोमा संघका अध्यक्ष घलेले खुशी ब्यक्त गरेका छन्।

nrna2

अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउं लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसंग संघले सम्झौता गरे पछिको प्रगती बिबरण बारे जानकारी गराएका थिए। उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए।

अभियानका संयोजक पितम गुरूङ लगायत स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिभिन्न तिन चरणमा बिभाजन गर्दै कार्यक्रम सम्पन्न भएको हो।

यस अघि संघले प्रत्येक घर बनाउदा करिब ३ लाख ५० हजार रुपैयांको खर्च अनुमान गरे पनि संकलन भएको रकम अपुग हुने देखिएको बेला स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको हो । एनआरएनले भूकम्प पिडितका लागि घर निर्माणको काम थाल्ने बित्तिकै, बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुबाट पनि थप रकम संकलन गर्न अभियान थाल्न सक्ने आकलन गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK