एनआरएनए हङकङको उपाध्यक्षका उम्मेदवार गुरुङमाथि चक्कु प्रहार

ENGLISH

NRN GLOBAL

एनआरएनए हङकङको उपाध्यक्षका उम्मेदवार गुरुङमाथि चक्कु प्रहार

जेवी पुन मगर, हङकङ

22 July, 2017 | Sandeep Bhattarai | 935 Views | comments

कर्मा गुरुङ

हङकङमा एक नेपालीमाथि चक्कु प्रहार भएको छ । गैरआवासीय नेपाली संघ हङकङका उपाध्यक्षका उम्मेदवार समेत रहेका कर्मा गुरुङमाथि शुक्रबार राति १०–१२ जनाको समुहबाट चक्कु प्रहार भएको हो ।

कर्माको बाया खुट्टामा चार ठाउँमा चक्कु र बोतल प्रहार गरिएको छ । हाल उनको याउमातेई अस्पतालमा उपचार भइरहेको छ । ५३ वर्षीया कर्मा गुरुङ खतरामुक्त रहेको पनि उनका दाजु सोनम लामाले जनाएका छन् ।

जोर्डनमा रहेको आफ्नो पसलबाट याउमातेइ घरतिर जादै गरेका उनलाई रातको १२ बजे याउमातेईको पुरानो चौकीनेर पुग्दा युनलोङबाट जोर्डन तर्फ आएको १०–१२ जनाको समुहले आक्रमण गरेपछि दाइ सोनमलाई फोन गरेर जानकारी दिएको बताइएको छ ।

आक्रमणकारीमध्ये शरणार्थी आवेदन दिएर हङकङमा बसिरहेका पाकिस्तानी नागरिक समेत रहेको प्रारम्भिक जानकारी एकजना प्रत्यक्षदर्शीले दिएका छन्।नेपाल मनाङ जिल्लाका कर्माले २३ जुलाईमा हुने एनआरएनए हङकङको अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

अहिले ललित सुब्बा अध्यक्ष रहेको कार्यसमितिमा सदस्य रहेका उनले टीका गुरुङको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। आइतबार एनआरएनए हङकङको छैठौं अधिवेशन यहाँको पाकिस्तानी क्लबमा हुँदैछ।

हङकङमा हाईकिङ सहित ‘एभरेष्ट डे’ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK