एनआरएनए स्पेनमा पहिलो पटक चुनाव हुँदै,अध्यक्षमा सापकोटा र गुरुङको भिडन्त

ENGLISH

NRN GLOBAL

एनआरएनए स्पेनमा पहिलो पटक चुनाव हुँदै,अध्यक्षमा सापकोटा र गुरुङको भिडन्त

10 July, 2017 | Sandeep Bhattarai | 820 Views | comments

एनआरएनए स्पेन

बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको ईतिहासमा नै पहिलो पटक चुनाव हुने भएको छ। यस अघिका चार बटा अधिवेशनहरुमा सर्बसम्मत कार्यसमिति चयन हुँदै आएको भए पनि यस पटक भने चुनाव हुने लगभग पक्का भएको हो।

उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन आईतबार सम्म पनि अध्यक्ष पदका लागि दुई जनाले दावी नछोडे पनि मतदान हुने भएको हो। अध्यक्ष बाहेक उपाध्यक्ष र सचिव पदका लागि पनि चुनाव हुँदैछ।

अध्यक्षमा गुरुङ र सापकोटा भिड्दै,तीन संगठन बीच सहमति

अध्यक्ष पदका लागि संघका संस्थापक सदस्य चिन्तामणि सापकोटा र बर्तमान कार्यसमितिका उपाध्यक्ष गौतम गुरुङ भिड्ने भएका छन्। नेपाली जनसम्पर्क समिति स्पेनमा संस्थापक अध्यक्ष समेत रहेका सापकोटालाई प्रबासी नेपाली मञ्च स्पेन र नेपाली जनप्रगतिशील मञ्च स्पेनले समर्थन गर्ने सहमति भएको छ। त्यसैले जनप्रगतिशील मञ्च स्पेनका तर्फबाट अध्यक्षका प्रत्यासी अर्जुन आचार्यले उमेद्वारी फिर्ता लिए।

यता गुरुङ भने राजनीतिक संगठनको समर्थन बिना नै स्वतन्त्र रुपमा अध्यक्षमा चुनाव लड्ने बताउँदै आएका छन्। राजनितिक संगठनले सहमति गरेर एनआरएनए स्पेनको सर्बसम्मत कार्यसमिति बन्ने परम्परा गौतमको उम्मेदवारीसँगै तोडिएको छ।स्रोतका अनुसार गुरुङलाई तमु समाज स्पेनले खुलेर समर्थन गर्दै छ।

तीन संगठनको सहमति अनुरुप नै प्रबासी नेपाली मञ्चको तर्फबाट मुक्त बहादुर गुरुङ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा निर्बिरोध भएका छन्। गुरुङ राष्ट्रिय समन्वय परिषद स्पेनका वर्तमान अध्यक्ष समेत हुन्। यस्तै जनप्रगतीशिल मञ्च स्पेनको तर्फबाट महासचिवमा कृष्ण प्रसाद भुसाल र कोषाध्यक्षमा बिशाल ढुंगाना निर्बिरोध भएका छन्।

दुई खुल्ला उपाध्यक्षमा रोशन पाठक,सुनिल रानाभाट,दिलनाथ भण्डारी र पेशल कुमार कोइरालाको उम्मेदवारी भने यथावत नै रहेको छ। यस्तै सचिवमा दिनेश कुमार गिरी ,तारानाथ अधिकारी र लोकबन्धु बस्नेत भिड्दै छन्। उपाध्यक्षमा कोइराला र रानाभाटलाई तथा सचिवमा अधिकारी र बस्नेतलाई समर्थन गर्ने तीन संगठनको सहमति बनेको स्रोतले बताएको छ।

अन्य निर्विरोध को -को बने ?

निर्वाचन समितिले प्रकाशित गरेको सूचना अनुसार महिला उपाध्यक्षमा सिता सिंह महर्जन, युवा संयोजकमा रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी निर्विरोध बनेका छन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना, सन्तोष पौडेल, किरण चालिसे(प्रकाश), ज्ञान बहादुर बस्नेत, नेहा शर्मा कँडेल, उमेश पुरी, सानु राउत, हिरालाल सापकोटा(डायमण्ड), सरोज कँडेल, टिकाराम कंडेल(शास्त्री) र पशुपति कडेल निर्विरोध  चयन भएका हुन्।

मतदान कहिले ?

संघको अधिबेशन आगामी जुलाई २३ तारिख बार्सिलोनामा हुँदै छ। २१ तारिख क्षेत्रीय मतदान केन्द्रमा र २३ तारिख केन्द्रिय मतदान केन्द्रमा मतदान हुने निर्बाचन कार्यतालिकामा उल्लेख छ।

अधिकारीद्वारा एनआरएनए स्पेनको सचिव पदको लागि उम्मेद्वारी घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK