एनआरएनए स्पेनको फेब्रुअरी महिनाको नियमित बैठक सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए स्पेनको फेब्रुअरी महिनाको नियमित बैठक सम्पन्न

16 February, 2017 | Sandeep Bhattarai | 1185 Views | comments

स्पेन

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको फेब्रुअरी महिनाको नियमित बैठक संघको अध्यक्ष मुक्त बहादुर गुरुङ ज्यु को अध्यक्षतामा १३ फेब्रुअरी २०१७ का दिन संघको कार्यालयमा सम्पन्न भयो ।

बैठकमा संघको पंजीकृत सदस्यता वितरण लाइ प्रभावकारी रुपमा अगाडी बढाउदै पंजीकृत परिचय पत्र वितरण गर्नको लागी आवश्यक सम्पूर्ण प्रक्रिया सुरु गरिएको जानकारी संयोजक उमेश प्रसाद अधिकारीले जानकारी गराउनु भयो । अर्को महत्वपुर्ण प्रस्ताब उपर निर्णय गर्दै संघले पाइस् बास्को क्षेत्रबाट केन्द्रिय सचिवको रुपमा श्री तुलसी गुरुङ लाइ तत्काल देखि लागु हुने गरि नियुक्त गर्दै त्यस क्षेत्रमा रहने सम्पूर्ण संघ संस्था तथा नेपाली समुदायहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै संघको बिधान अनुरुप रही संघका मूल्य मान्यता लाइ समाजमा प्रतिस्थापित गराउन निर्देशन सहित पत्राचार गर्ने निर्णय भयो ।

यसै गरि हरेक बर्ष झैँ यस बर्ष पनि गैर आवासीय नेपाली संघ स्पेनले नेपालको पर्यटन प्रबर्दन गर्ने उदेश्यले नेपालि कन्सुलर लुइस बेल्विस लगायत स्पेनिश संघ संस्थासंग आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी अध्यक्ष ले बैठकलाई जानकारी गराउदै यस पटक २ वा २ भन्दा बढी स्थानमा पर्यटन प्रबर्दन गर्ने खालका सामग्री लगायतका कुराहरु साथ प्रस्तुती गर्ने निर्णय गरियो ।

संघका संस्थापक सदस्य एवं समाजसेवी श्री चिन्तामणि सापकोटा ज्यु बार्सिलोनाको लागि नेपालको पर्यटन दुत नियुक्त हुनुभएकोमा वहा लाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि यस कार्यसमिति प्रदान गर्दछ ।

स्पेनमा शिप मुलक तालिम संचालन गर्न को लागि गैर आवासीय नेपाली संघले सवारी चालक अनुमती पत्रको लिखित अभ्यास कक्षा संचालन गर्न गैरहेको कुरा सबैमा सहर्ष जानकारी गराउदै बार्सिलोनामा प्रतिष्ठित इस्टिच्युट बाट अध्यापन गराई रहनु भएका नेपाली शिक्षक द्वारा अध्यापन गराइने यस तालिम का लागी इच्छुक स्पेनबासी नेपालि समुदायमा भर्ना आवेदनको लागी सूचना पनि यसै बिज्ञप्ति मार्फत जानकारी गराइन्छ ।

सवारी चालक अनुमति अभ्यास कक्षाको लागि सम्पर्क नम्बरहरु
मुक्त बहादुर गुरुङ ६७११९४००८
उमेश प्रसाद अधिकारि ६३१६७८१३२
राम प्रसाद सापकोटा बिराज ६३२८३७२६१
साथै कार्यसमितिका सम्पूर्ण साथीहरु

एनआरएनए स्पेनको जनवरी बैठक सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK