एनआरएनए स्पेनको जनवरी बैठक सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए स्पेनको जनवरी बैठक सम्पन्न

13 January, 2017 | Sandeep Bhattarai | 1240 Views | comments

गैर आवासीय नेपाली संघ स्पेन

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको जनवरी महिनाको नियमित बैठक संघको अध्यक्ष श्री मुक्त बहादुर गुरुङको अध्यक्षतामा संघको कार्यालयमा बस्दै निम्न प्रस्ताव उपर छलफल पश्चात निर्णयका साथ सम्पन्न भयो ।

स्पेनबासी नेपालीहरुले परिवार पुनर्मिलन लगायतका बिभिन्न प्रक्रियाको लागी निबेदन जाहेर गर्ने दिल्ली स्थित स्पेनिश दुतावासमा हालसालै भएको नियम परिवर्तन पश्चात समयमै आफ्ना कागजात जम्मा गर्ने समय प्राप्त हुन नसकेको र उक्त समय ५-६ महिना ढिला गरि प्राप्त हुने गरेको कारण दिल्ली स्थित स्पेनिस दुतावासलाई पत्र मार्फत निबेदन जाहेर गर्ने लगायतका समय यथा सम्भंब चाडो मिलाउन अनुरोध गर्ने र यस सम्बन्धी प्रक्रियाको लागी पेरिस स्थित नेपाली दुतावासलाई पनि प्रक्रियागत ढंगबाट समस्या सुल्झाउन अनुरोध गर्ने निर्णय गरियो ।

यसै गरी एनआरएनए स्पेनले जारि गर्ने पंजीकृत सदस्यताको परिचय पत्र वितरणको लागी सम्पूर्ण प्रक्रिया पुरा गर्दै वितरण गर्न को लागी महासचिब उमेश अधिकारीको संयोजकत्वमा सुनिल रानाभाट, राम प्रसाद सापकोटा बिराज, सुबाश रानाभाट, र दिपक क्षेत्री रहने गरी समिति निर्माण गरियो ।

संघको कार्यालयलाई दिर्घकालिन रुपमा ब्यबस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको कार्यालय ब्यबस्थापन समिति मार्फत यस कार्यालय लाइ नियमित रुपमा संचालनमा ल्याउदै स्पेनबासी नेपाली हरुको समस्या समाधानमा सहयोग गर्न अत्याबश्यक ठहर गर्दै इच्छुक स्पेनबासी नेपालीहरुबाट कार्यालय ब्यबस्थापनको लागि यथासक्य सहयोग गर्न यस बैठकले सम्पूर्ण स्पेनबासी नेपाली हरुलाई आग्रह गर्दै यस ब्यबस्थापन कार्यलाई अगाडी बढाइएको जानकारी गराउदै हालसम्म सहयोग दाताहरु निम्ननुसार रहनु भएको जानकारी बैठकलाई गराइयो ।
मुक्त बहादुर गुरुङ
राजु समशेर थापा
गौतम गुरुङ
बिनिता रेग्मी खनाल
उमेश प्रसाद अधिकारी
राम प्रसाद सापकोटा बिराज
दावा ऋषि श्रेष्ठ
राज ढकाल
तुलसी सिवाकोटी
दिपक खरेल
सरला सापकोटा
बिष्णु रानाभाट
सुवाष थापा मगर
सन्तोषी श्रेष्ठ

बैठकको अर्को महत्वपूर्ण प्रस्तावमा गैर आवासीय नेपाली संघ स्पेनका निवर्तमान अध्यक्ष तथा बर्तमान आइसीसी सदस्य श्री एकराज गिरी नेपाल सरकारको तर्फबाट आगामी २ बर्षको लागी नेपाल पर्यटन बोर्ड मार्फत म्याड्रिड लगायत स्पेनका लागी (एकराज गिरीका अनुसार) पर्यटन दुत नियुक्त गरेकोमा उहाँलाई हार्दिक बधाइका साथ् सफल कार्यकालको शुभकामना ब्यक्त गरियो।

शुभकामना ब्यक्त गर्ने क्रममै संघका सदस्य श्री तुलसी सिवाकोटी ज्यु अन्तराष्ट्रिय कलाकार मंच यूरोपको प्रवक्तामा मनोनित हुनुभएकोमा उहाँलाई हार्दिक बधाई साथै कार्यकालको शुभकामना ब्यक्त गरियो ।त्यसैगरी संघका प्रवक्ता श्री सुभाष रानाभाट हालसालै बैबाहिक बन्धनमा बाधीनु भएकोमा उहाँको सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै बैठकको समापन गरियो ।

स्पेनमा एनआरएनए उपाध्यक्ष भवन भट्टलाई सम्मान गरिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK