एनआरएनए स्पेनको अध्यक्षमा सापकोटा बिजयी

ENGLISH

एनआरएनए स्पेनको अध्यक्षमा सापकोटा बिजयी

बार्सिलोना

24 July, 2017 | Sandeep Bhattarai | 975 Views | comments

चिन्तामणी सापकोटा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा चिन्तामणी सापकोटा बिजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी गौतम गुरुङलाई ४७ मतले पराजित गर्दै सापकोटा बिजयी भएका हुन्।

सापकोटाले ५ सय १८ मत तथा गुरुङले ४ सय ७१ मत प्राप्त गरे। संघको पाँचौ अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबार क्षेत्रीय समितिहरु पाईसभास्को बिल्बाउ र म्याड्रिडमा तथा आईतबार बार्सिलोनामा निर्वाचन सम्पन्न भएको थियो।

नव निर्वाचित अध्यक्ष सापकोटा संघका संस्थापक सदस्य तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। करिव दुई दशक लामो स्पेन बसाईको क्रममा उनि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

यस्तै उपाध्यक्षमा सुनिल रानाभाटले सर्बाधिक ५ सय ४३ मत तथा पेशल कुमार कोईरालाले ४ सय ५५ मत ल्याई बिजयी भएका छन्। उपाध्यक्षका अर्का दुई प्रत्यासी दिलनाथ भण्डारीले ३ सय १२ मत तथा रोशन पाठकले २ सय ७० मत प्राप्त गरे।

सचिवमा दिनेश कुमार गिरीले ५ सय ४२ मत र लोकबन्धु बस्नेतले ४ सय ९० मत ल्याई बिजयी बने। सचिवका अर्का प्रत्यासी तारानाथ अधिकारीले भने ३ सय ६६ मत प्राप्त गरेका छन्।

को -को निर्विरोध बने ?

तिन पदका लागि चुनाव भए पनि अन्य पदहरुमा भने यस अघि निर्विरोध बनेका थिए। महिला उपाध्यक्षमा सीता सिंह महर्जन, महासचिवमा कृष्ण प्रसाद भुसाल, कोषाध्यक्षमा बिशाल ढुंगाना, युवा संयोजक रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी निर्विरोध बनेका हुन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना,सन्तोष पौडेल,किरण चालिसे(प्रकाश),ज्ञान बहादुर बस्नेत,नेहा शर्मा कडेल,उमेश पुरी,सानु राउत,हिरालाल सापकोटा(डायमण्ड),सरोज कंडेल,टिकाराम कंडेल(शास्त्री) र पशुपति कडेल निर्बिरोध चयन भएका हुन्।

सदस्यता बढ्यो

नेतृत्व चयनका लागि चुनाव भए पछि यसपटक एनआरएनए स्पेनमा पंजीकृत सदस्यता संख्या बढेको छ। सहमति हुँदा स्पेनमा ३ सय देखि ४ सय सम्म सदस्यता रहदै आएको भए पनि यस पटक भने पंजीकृत सदस्यता संख्या बढेर १ हजार ४ सय ६ पुगेको छ। तर मतदान प्रक्रियामा भने १ हजार ४० सदस्यहरुले मात्र भाग लिए।

यसैबिच आईतबार सम्पन्न संघको पाँचौ अधिवेशनलाई युरोप क्षेत्रका उपसंयोजक दावा जी शेर्पाले उद्घाटन गरे। संघका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पेशल कोइरालाले आर्थिक तथा महासचिव उमेशप्रसाद अधिकारीले सांगठ्निक प्रतिवेदन पेश गरेका थिए।

नेपाली नेपाली डट कम

एनआरएनए स्पेनमा उपाध्यक्ष कसलाई चुन्ने ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK