एनआरएनए विश्व सम्मेलन : युरोपबाट कुन-कुन पदका लागि कसको उमेद्वारी ?

ENGLISH

NRN GLOBAL

एनआरएनए विश्व सम्मेलन : युरोपबाट कुन-कुन पदका लागि कसको उमेद्वारी ?

बार्सिलोना

16 September, 2017 | Bipin Acharya | 675 Views | comments

 गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि अध्यक्ष देखि मुख्य पदहरुमा युरोप क्षेत्रबाट उमेद्वारी पर्ने देखिएको छ। अध्यक्षमा कुमार पन्त देखि उपाध्यक्ष,महासचिव,सचिव कोषाध्यक्ष लगायतका मुख्य पदहरुमा युरोपबाट उमेद्वारी पर्ने भएको हो।

हालसम्मको अबस्थालाई हेर्दा रसियाबाट बर्तमान महासचिव डा.बद्री केसीले उपाध्यक्षमा,महिला संयोजक सपिला राज भण्डारीले महिला उपाध्यक्षमा,बेलायतबाट बर्तमान युरोप संयोजक कुल आचार्यले पनि उपाध्यक्ष पदमा उमेद्वारी दिने चर्चा छ। जर्मनीबाट बर्तमान आईसीसी सल्लाहकार पुष्प थापा पनि उपाध्यक्ष पदका आकांक्षी मानिन्छन्।

यस्तै बेल्जियमबाट बर्तमान सचिव अर्जुन कुमार श्रेष्ठले महासचिव पदमा,आईसीसी सदस्य जानकी गुरुङले सचिवमा उमेद्वारी दिने बताईन्छ। जर्मनीका सन्तोष भट्टराई पनि सचिवका आकांक्षी मानिन्छन्।

एनआरएनए युकेका निबर्तमान अध्यक्ष मुछेन्द्र गुरुङले कोषाध्यक्षमा,डेनमार्कबाट बर्तमान युवा उप-संयोजक लोकराज शर्माले युवा संयोजकमा उमेद्वारी दिने चर्चा छ। बेल्जियमबाट महिला फोरम उपसंयोजक रजनी प्रधानले संयोजकमा उमेद्वारी दिदै छन्।

तर कतिपयले चर्चामा आउनका लागि मात्र भए पनि उमेद्वारी घोषणा गर्ने हुँदा संख्यामा थपघट आउने भने निश्चित नै छ।

युरोप संयोजकमा को-को छन् आकांक्षी ?

युरोप संयोजकका लागि बर्तमान उपसंयोजक द्वय प्रेम गुरुङ र दावा जी शेर्पा आकांक्षी मानिन्छन्। यस्तै पुर्ब उप-संयोजक सोम सापकोटालाई पनि संयोजकको दाबेदारको रुपमा लिईएको छ। यद्दपी सापकोटाले कोषाध्यक्षमा उमेद्वारी दिने चर्चा पनि छ। युरोप संयोजकका लागि नै नेदरल्यान्ड्सबाट हरी पौडेलले भने उमेद्वारी घोषणा गरिसकेका छन्।

यस्तै पोर्चुगलका पूर्ण हमाल,बेल्जियमबाट गंगाधर गौतम,बेलायतबाट थर्क सेन,स्विट्जरल्यान्ड्सबाट सुबास पोख्रेलको पनि चर्चा रहेको छ। यस्तै जर्मनीका सन्तोष भट्टराईको सचिवमा चर्चा भए पनि युरोप संयोजकमा उमेद्वारी पर्न सक्ने पनि बताईन्छ।

युरोप उप- संयोजकमा को-को छन् आकांक्षी ?

युरोप उपसंयोजकका लागि स्बिट्जरल्याण्डवाट डा.बिनय श्रेष्ठले उमेद्वारी दिने चर्चा छ। डा.श्रेष्ठले संयोजक वा उप-संयोजकमा उमेद्वारी दिने बारे छलफलमै ब्यस्त छन्।

यस्तै स्पेनका एकराज गिरी,पोर्चुगलबाट भिम केसी कमल,रसियाबाट गोबिन्द गौतम,फ्रान्सबाट मिन बहादुर जिसी,युकेबाट बिजन भट्ट,जर्मनीबाट सुरेन्द्र प्रधानले उमेद्वारी दिने चर्चा छ। एनआरएनको माहोल तात्दै जाँदा उमेद्वारी घोषणा गर्ने क्रम भने स्वत रुपमा बढ्दै जाने देखिएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK