एनआरएनए विज्ञ सम्मेलनका लागि अध्यक्ष भट्टसहितको टोली अमेरिका प्रस्थान

ENGLISH

एनआरएनए विज्ञ सम्मेलनका लागि अध्यक्ष भट्टसहितको टोली अमेरिका प्रस्थान

15 June, 2018 | Kunjar Bhattarai | 3210 Views | comments

 

आगामी जुन १६ र १७ मा अमेरिकाको सान फ्रान्सिस्कोमा हुने एनआरएनए विज्ञ सम्मेलनमा सहभागी हुन संघका अध्यक्ष भवन भट्ट सहितको टोली जापानबाट त्यस तर्फ प्रस्थान गरेको छ ।

शुक्रवार जापानबाट प्रस्थान गरेको टोलीमा संघका प्रवक्ता भूषण घिमिरे, आइसीसी सदस्यद्वय ओम गुरुङ र महेश श्रेष्ठ रहेका छन् ।

आगामी अक्टोबर १२ र १३ मा एनआरएन दिवसको अवसर पारेर नेपालमा हुन गईरहेको विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप सान फ्रान्सिस्को सम्मेलन हुन लागेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

एनआरएन अमेरिकाको साधारण सभा सहित हुने विज्ञ सम्मेलनमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।

यसैगरी सो सम्मेलनमा पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा.प्रकाशचन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवतीप्रसाद भूसालको पनि विशेष अतिथिका रुपमा सहभागिता रहने भएको छ । साथै विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहने छ ।

यस्तै सम्मेलनमा अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका संभावना र चुनौतीका बारेमा छलफल गरिने कार्यक्रम छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK