एनआरएनए र युवा परिषदले अन्तराष्ट्रिय युवा सम्मेलन गर्ने (भिडियो सहित)

ENGLISH

एनआरएनए र युवा परिषदले अन्तराष्ट्रिय युवा सम्मेलन गर्ने (भिडियो सहित)

10 June, 2016 | Sandeep Bhattarai | 750 Views | comments

“युवाहरुमा सामाजिक उद्यमशीलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार” भन्ने नाराका साथ आगामी असोज १५ देखि १८ (अक्टोबर १ देखि ४)सम्म विश्व युवा सम्मेलनको आयोजना हुने भएको छ ।

youth

शुक्रबार काठमाडौँमा गैरआवासीय नेपाली संघ र राष्ट्रिय युवा परिषदले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघका युवा उपसंयोजक लोकराज शर्माले विश्व युवा सम्मेलन मार्फत युवाहरुको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई उद्यमशील बनाउने उद्देश्यका सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

शर्माले सम्मेलनमा देशभित्र र बाहिरका युवाहरुलाई एकै स्थानमा भेला गराई युवा बिकासको लागि तत्कालीन र दीर्घकालीन रणनीतिक कार्यदिशा तर्जुमा गर्ने उद्देश्य रहेको पनि जानकारी दिनुभयो । सम्मेलनमा युवा सशक्तीकरणका लागि विज्ञद्वारा कार्यपत्र, अवधारणापत्र प्रस्तुत गरिनुका साथै विषयगत क्षेत्रसित सम्बन्धित रही विषयगत छलफलसमेत हुनेछ ।

सम्मेलनका क्रममा नेपाली युवा उद्यमीका अनुभव, उनीहरुले उत्पादन गरेका वा आविष्कार गरेका वस्तुहरु उपकरण तथा सामग्रीको प्रदर्शनी कक्षसमेत रहने छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपध्यक्ष माधवप्रसाद ढुंगेलले देश विदेशमा भएका युवाहरुका साझा मुद्दाहरु उनीहरुमा भएका बहुआयामिक प्रतिभा पहिचान, नेपालको अवसर, सम्भावना र चुनौतिहरुको यथार्थपरक विश्लेषण गर्दै नेपालको साझा समस्याका रुपमा रहेको वेरोजगारीको अन्त्य, ब्रेन ड्रेनलाई ब्रेन ग्रेनतर्फ मोड्दै नयाँ नेपाल निर्माणको महान अभियानमा सम्पूर्ण युवा शक्तिलाई परिचालन गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले विश्व युवा सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले पुनःनिर्माणका युवा सहभागिताका लागि सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अध्यक्ष शेष घले, नेपाल सरकारका प्रतिनिधि, गैर नेपाली संघका प्रतिनिधिहरु तथा विभिन्न संचार माध्यमहरुको उपस्थिति रहेको थियो ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK