एनआरएनए र नेपाली सेनाबीच विपद व्यवस्थापनमा सहकार्य

ENGLISH

NRN GLOBAL

एनआरएनए र नेपाली सेनाबीच विपद व्यवस्थापनमा सहकार्य

नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने

21 July, 2016 | arjun baral | 3130 Views | comments

 

nrna-army

बिपद व्यवस्थापनका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेना मिलेर काम गर्ने सहमति भएको छ । भूकम्प, बाढी पहिरो लगायतका प्राकृतिक बिपदका बेला राहत सामाग्रीको प्रभावकारी भण्डारण र बितरणका लागि गैरआवासीय नेपाली संघ र नेपाली सेनाबीच सहमति भएको हो ।

बुधबार यस समझदारी पत्रमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र नेपाली सेनाका ब्यबस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापावीच हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाली सेना र गैरआवासीय नेपाली संघवीच उद्धार र राहतका लागि तालिम प्रदान गर्ने, उद्धारका लागि आबश्यक सामाग्रीहरु आदानप्रदान गर्ने तथा औषधि, लत्ताकपडा र खाद्यन्न जस्ता अत्याबश्यक मानवीय सामाग्री आदान प्रदान गर्ने सहमति भएको हो ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले गत बर्ष गएको भूकम्पका समयमा गरेको राहत र उद्धारबारे जानकारी गराउँदै एनआरएनले सहयोगको सरहना गर्दै नेपाली सेनाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिनु भयो ।

संघका अध्यक्ष घलेले सम्झौताले हामी सबैलाई अझ जिम्मेवार बनाएको तथा राहत वितरणमा नेपाली सेनाले पुर्याएको सहयोगका लागि धन्यवाद दिंदै सिमित श्रोतसाधन भएता पनि नेपाली सेनाको मनोबल र कार्यक्षमताबाट आफू निकै प्रभावित भएको वताउनुभयो ।

nrn

नेपाली सेना जस्तो स्रोत, साधन र जनशक्तिको सञ्जाल भएको संस्थासंग सहकार्य गर्न पाउनु गैरआवासीय नेपालीहरुका लागि ठूलो अबसर हो भन्दै अध्यक्ष घलेले महाभूकम्पका बेला एनआरएनले गाउँगाउँमा सहयोग बितरण गर्दा नेपाली सेनाबाट अबिस्मरणीय सहयोग पाएको स्मरण गर्दै औपचारिक रुपमा सहकार्य गर्दा बिपद्ब्यबस्थापन निकै प्रभावकारी हुने बिश्वास ब्यक्त गर्नुभयो ।

घलेले यस सम्झौताले एनआरएनए र नेपाली सेनावीच हुनसक्ने सहयोगका क्षेत्र र आधार तय गर्न एक कार्यदल निर्माण गरी काम अगाडी बढाइने जानकारी दिनुभयो ।

यो समझदारी पश्चात बिश्वभरबाट नेपालीहरुले संकलन गरेका राहत रामाग्रीहरु पिडीत समुदायसम्म बितरण गर्न नेपाली सेनाले स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने छ ।

यसैगरी गैरआवासीय नेपाली संघले बिपद व्यवस्थापन युनिटलाई आबश्यक पर्ने सामाग्रीहरु सहयोग गर्ने छ भने नेपाली सेनाको बिपद् ब्यबस्थापन क्षमतालाई अभिबृद्धि गर्ने तालिमका लागि समेत सहयोग गर्ने छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK