एनआरएनए रोमानियाको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न अध्यक्षमा साह

ENGLISH

एनआरएनए रोमानियाको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न अध्यक्षमा साह

संस्थापक अध्यक्ष पोखरेल आईसीसी सदस्य

15 September, 2017 | Sandeep Bhattarai | 1190 Views | comments

एनआरएनए रोमानियाप्रत्येक दुई बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको पाँचौ राष्ट्रिय महाधिवेशन सफलताका साथ गत सेप्टेम्बर १३ का दिन रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ।

महाधिवेशनले सर्वसम्मत रुपमा १७ सदस्यीय नयाँ कार्य समिति २०१७ -२०१९ गठन गरेको छ l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका संयोजक कुल आचार्यको पहलमा महाधिबेशन सम्पन्न भएको थियो। राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई आईसीसी सदस्य तया संरक्षकमा सर्वसम्मतबाट चयन गरेको छ भने अध्यक्षमा आलोक साहलाई चयन गरेको छ ।

महाधिवेशन सम्पन्न भए पश्च्यात यूरोप क्षेत्रका आइसीसीका सदस्य तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू लगायत एनआरएनए अभियानका पदाधिकारी तथा शुभचिन्तकहरुले बधाई दिई नयाँ कार्य समितिलाई शुभकामना पठाएका थिए l

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, रोमानियाका कार्यकारी समितिमा आईसीसी सदस्य तथा संरक्षकमा नवराज पोखरेल ,अध्यक्षमा आलोक साह, वरिष्ठ उपाध्यक्षमा श्रीकृष्ण पुरी, उपाध्यक्षमा ल्हाक्पा तेन्जी लामा शेर्पा, महासचिवमा खगेन्द्र अधिकारी निर्वाचित भएका छन् l

यसै गरि सचिवमा राजु बर्देवा, कोषाध्यक्षमा जेनी गुरुङ, सह-कोषाध्यक्षमा गोमा थापा, युवा प्रतिनिधिमा प्रज्वल खड्का तथा महिला प्रतिनिधिमा मेन्दा शेर्पा निर्वाचित भएका छन् l

यसै गरि सदस्यहरुमा संगिता केसी पुरी, मुक्तिराज कोइराला, शोभा मानन्धर, खुमलाल भुसाल, होमबहादुर परियार, डा. अमित रिजाल तथा मैयाँ मोनि राई निर्वाचित भएका छन् l

एनसीसी रोमानियामा चौथो पटक ‘पोखरेल’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK