एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

ENGLISH

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

22 October, 2017 | Sandeep Bhattarai | 2685 Views | comments

एनआरएनए रसियाचितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि विदेशमा बस्ने नेपालीहरुबाट रु ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) रसियाद्धारा सो आश्रमको सेवा कार्यका लागि रु ६ लाख सहयोग प्राप्त भएको आश्रमकी संयोजक रुपा केसीले बताउनुभयो ।

एनआरएनएका निवर्तमान अध्यक्ष तथा रसियाका प्रमुख संरक्षक जीवा लामिछानेको सहभागितामा एनआरएनए रसियाका संरक्षक टेकराज निरौला र कोषाध्यक्ष गोबिन्दप्रसाद आचार्य तथा सल्लाहकार खेमराज लामिछानेले उक्त रकम आश्रममा नै पुगेर हस्तान्तरण गर्नुभयो ।

सडकमा रहेका असहाय तथा मनोरोगीहरुलाई उठाएर आवश्यक उपचार र मनोविमर्श सेवा दिएपछि पुन परिवारमा फर्काउने आश्रमको कार्यबाट आफूहरु प्रभावित भएको भन्दै गैरआवासिय नेपाली संघ ९एनआरएनए० का निवर्तमान अध्यक्ष जीवा लामिछाने र संरक्षक टेकराज निरौलाले यस्ता मानवसेवाका लागि आगामी दिनमा आफ्नोतर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आश्रमले अहिले सडकमा कष्टकर जीवन गुजार्दै आएका तथा मनोरोगीहरु गरी ५० जनालाई उद्धार गरी पालन पोषण तथा मनोविमर्श सेवा दिएर राखेको छ ।

प्राप्त रकम आश्रमको भवन निर्माणमा खर्च गरिने जनाएको छ । हाल भरतपुरको बाईपासरोडमा रहेको आश्रम भाडामा सञ्चालन हुँदै आएको छ । नारायणगढका एक व्यवसायीले जग्गा दिएकाले अब भवन निर्माणको काम शुरु हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो ।

चितवन सहित हेटौडा, काठमाडौ, गोरखा, लमजुङ, पर्सा, ललितपुर, बाग्लुङमा कार्यालय खोलेर आश्रमले सडकमा वेवारिसे तथा कष्टकर जीवन गुजार्दै आएकाहरुलाई उद्धार गर्दै आएको छ । यो अभियान देशव्यापी बनाउने योजना आश्रमको छ । हाल उद्धार गरिएका ३२२ जना असहायहरुले ती कार्यालयशरुबाट सेवा पाईरहेको जनाइएको छ ।

२०६९ सालमा सेवा शुरु गरेको आश्रमले अहिलेसम्म सडकबाट उद्धार भएका २०० जनालाई परिवारमा पुनस्र्थापित गरिसकेको छ । विसं २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त देश बनाउने योजना आश्रमको रहेको अध्यक्ष अधिकारी बताउनुहुन्छ

एनआरएनए विश्व सम्मेलन : युरोपबाट कुन-कुन पदका लागि कसको उमेद्वारी ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK