एनआरएनए यूरोप क्षेत्रीय बैठकको तयारी अन्तिम चरणमा

ENGLISH

एनआरएनए यूरोप क्षेत्रीय बैठकको तयारी अन्तिम चरणमा

28 July, 2016 | Bhawana Pathak | 1100 Views | comments

nrnगैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठकको तयारी अन्तिम चरण पुगेको छ । यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ ३० जुलाईबाट सुरु हुँदैछ । सम्मेलनका लागि यूरोपस्थित गैरआवासीय नेपालीहरुले दर्ता प्रकृया सुरु गरिसकेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जनाए ।

कोपनहेगनस्थित हिल्टन होटलमा आयोजना हुने सम्मेलनमा भाग लिन चाहनेहरुको लागि दर्ता शुल्क १ सय यूरो तोकिएको छ । बैठकमा सहभागीहरुको लञ्च र डिनरका लागि सो शुल्क लिइएको सापकोटाले बताए । सापकोटाले बैठकमा सहभागी हुने आउने प्रतिनिधिलाई समयमै होटल बुकिङको लागि आग्रह गरेका छन् । उनले नेपाल ब्रिटेन डट कमलाई भने, ‘यो होलिडे समय हो, होटल पाउन मुस्किल छ, पछि बुकिङ गर्दा महँगो पनि पर्न सक्छ । त्यसैले सबैलाई छिट्टोभन्दा छिटो होटलको रुम सुरक्षित गर्न आग्रह गर्दछु ।’

बैठकमा गैरआवासीय नेपाली संघका, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक नेताहरु रामप्रताप थापा, चिरन्जीवी ढकाललगायत यूरोपस्थित २७ देशको राष्ट्रिय समितिका पदाधिकारीहरुको सहभागित रहने छ । २९ तारिख शुक्रवार पुग्ने प्रतिनिधिले भने त्यहाँ नेपाली जनसम्पर्क समितिले आयोजना गरेको फुटबल प्रतियोगितामा समेत सहभागी हुन पाउने भएका छन् । यस्तै सोही दिन साँझ नेपाली दूतावास डेनमार्कले बैठकमा सहभागीहरुको सम्मानका लागि रिसेप्सनको आयोजना गरेको छ ।

संघको औपचारिक बैठकको उद्घान शनिवार बिहान गरिने कार्यक्रम तय गरिएको छ । गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्यका अनुसार उद्घाटन सत्रपछि विभिन्न देशका राष्ट्रिय समितिहरुले आ–आफ्नो प्रगति प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ । शनिवार साँझ भने यूरोपस्थित विभिन्न देशको प्रतिनिधित्व गर्दै आउने कलाकारले विशेष साँस्कृति कार्यक्रमको प्रस्तुति दिने भएका छन् ।

यस्तै आइतवार विहानदेखि गैरआवासीय नेपाली संघका विभिन्न मुद्दामा समूहगत छलफल गरिने जानाकारी आचार्यले दिए । नेपालमा पुनर्निर्माण, पर्यटन, लगानीका मुख्य मुद्दामा केन्द्रीत रहेर छलफल गरिने सो सत्रमा करिब १ दर्जन गैरआवासीय नेपाली संघका मुद्दामा छलफल गर्ने तयारी गरिएको छ । आइतबारको दोश्रो सत्रमा एनआरएन यूरोप महिला सम्मलेन सुरु हुनेछ ।

बैठककै अवसर पारेर गतबर्ष नेपालमा गएको भूकम्पपछि सहयोग गर्ने विभिन्न राष्ट्रिय समितिलाई विशेष सम्मान गर्ने कार्यक्रम तय भएको छ ।२ दिने बैठकमा उठेका विभिन्न विषय वस्तुलाई समेटेर आइतवार साँझ कोपनहेगन— घोषणपत्र २०१६ जारी गर्दै एनआरएन यूरोप बैठक समापन हुने संयोजक आचार्यले जानकारी दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK